मंगलबार , बैसाख २९, २०८३

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने तयारी गरेका छन् । देशको राजनीतिक अवस्थामा फेरबदल र संकटको संकेत देखापरेको भन्दै प्रधानमन्त्री ओलीले प्रचण्डसँग अलिक गम्भीर कुरा गर्न चाहेको बताईन्छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता र राजावादीहरुको आन्दोलनको विषयमा ओलीले दाहालसँग अलिक पहिल्यै नै कुरा गर्न चाहेका थिए । तर, प्रचण्डले नै भेट टारेपछि त्यो सम्भव नभएको बताईन्छ । प्रचण्ड पार्टीको अभियानकै बीचमा आज काठमाडौं आउने कार्यक्रम तय भएको छ ।

टिआरसी टुँगो लगाउने विषयमा मुख्य तीन दलका नेतृत्वबीच छलफल हुने भनिएको छ । तर, त्यसअघि ओलीले दाहालसँग छुट्टै भेटवार्ता गर्न चाहेका छन् । सरकारविरुद्ध चौतर्फी घेराबन्दी भएको विषयमा ओलीले कहिल्यैपनि मुख खोलेका छैनन् । र, खोल्ने पक्षमा पनि छैनन् ।

तर, व्यवस्थाको विरुद्धमा सडकबाटै धावा बोल्न थालिएपछि भने ओलीले प्रचण्डसँग सबैखाले तिक्तता बिर्सिएर फेरि एकपटक गम्भीर वार्ता चाहेका छन् । अहिलेको राजनीतिक परिस्थितिबारे पार्टीभित्रका विश्वासपात्रसँग निरन्तर सम्वादमा रहेका प्रधानमन्त्री ओलीले अहिले व्यवस्थाको विरुद्धमा आन्तरिक र बाहृय दुवै शक्तिले संगठित रुपमा प्रहार गर्न थालेको निश्कर्ष निकालेका छन् ।

यस्तोमा गणतन्त्रका पक्षधरहरु मिल्नुपर्ने बालुवाटारको बुझाई छ । प्रधानमन्त्री ओलीले गत साता प्रचण्डसँगको भेट तय गर्नको लागि आफ्ना दूतको रुपमा अग्नि खरेललाई खुमलटार पठाएको पाईएको छ । खरेल हालै प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकार नियुक्त भएका छन् । खरेल टिआरसी टुँगो लगाउनेगरि उक्त पदमा नियुक्त भएका हुन् ।

खरेलले दाहालसँग खुमलटारमै पुगेर भेट गरिसकेका छन् । प्रधानमन्त्री ओलीले पनि सार्वजनिक रूपमै आफूले विपक्षी दलका नेतालाई भेट्न चाहेको खुलाएका थिए । तर, स्वास्थ्यको कारण प्रचण्डको समय नमिलेको उनले जानकारी गराएका थिए । आज साँझ प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र दाहालसँग आज संयुक्त भेट गर्ने भनिएको छ ।

यद्धपी तीन नेताबीचको भेटवार्ताको समय भने तय भइनसकेको बताईन्छ । तर, प्रधानमन्त्री ओलीले देउवासँग भन्दापनि यतिवेला प्रचण्डसँग राष्ट्रिय राजनीतिको विषयमा अलिक लामो र गम्भीर वार्ता चाहेको विश्वस्त स्रोतको दाबी छ । दुई नेताबीचको यस्तो भेटवार्ता आजै हुन्छ कि भोलि ? त्यो भने तय हुन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP