शनिबार , भाद्र १३, २०८३

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अकर्मण्यता, नीतिहीनता र आलस्यतालाई जारी राख्ने हो भोलि पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी पस्दैनन् भन्ने कुनै ग्यारेन्टी नरहेको टिप्पणी गरेका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अकर्मण्यता, नीतिहीनता र निष्कृयताकै कारण अहिले प्रतिगमनकारीहरु सल्बलाएको बताए । शासकहरु निष्कृय भएर आफ्नो नीति, मूल्य र मान्यता भुलेको खण्डमा राजनीतिमा असम्भव भनिएका कुराहरु नै सम्भव हुने उनको भनाइ छ ।

‘यस्तै अकर्मण्यता, नीतिहीनता र आलस्यतालाई जारी राख्ने हो भने ज्ञानेन्द्र आएर भोलि नारायणहिटीमा बस्दैनन् भन्ने के ग्यारेन्टी छ ? जब मान्छे निष्कृय हुन्छ, जब उसले आफ्ना मूल्य मान्यतालाई भुल्छ । उसका कर्तव्यलाई भुल्छ भने जे पनि सम्भव हुन्छ । यही निष्कृयता र अकर्मण्यताको कारणले देशमा अहिले प्रतिगमनकारीहरु सल्बलाउँदैछन्,’– उनले भने ।

साथै, प्रतिगमनकारीहरुको अहिलेको सल्बलाहटलाई रोक्न र देशलाई आमूल परिवर्तनको दिशातर्फ लान नीतिको आवश्यक पर्ने उनले बताए । नत्र भने कहिलेकाहीँ गंगा नदी उल्टो पनि बग्न सक्ने उनको चेतावनी छ । ‘नत्र भने कहिलेकाहीँ उल्टी गंगा बहन्छ । त्यो उल्टी गंगा वहने खतरा छ अहिले पनि,’– उनले भने ।

साथै, एकीकृत समाजवादीको महाधिवेशन सकिएको १० महिनासम्म पनि दस्तावेजहरु प्रकाशित हुन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP