मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक दल र नेतृत्वप्रति जनतामा व्यापक वितृष्णा रहेको बताएका छन् । शुक्रबार मोरङ काठमाडौं सम्पर्क समितिले काठमाडौंमा अयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दल र नेतृत्वप्रति जनतामा रहेको आक्रोशलाई सम्बोधन गर्न सक्नुपर्ने बताएका हुन् । उनले जनतामा रहेको वितृष्णा नहटाइ अगाडि बढ्ने काम भएको खण्डमा फेरि अर्को दुर्घटना हुनसक्ने बताए ।

साथै, नेता कोइरालाले सरकारकै नेतृत्व गरेको नेकपा (एमाले) ले विभिन्न आन्दोलनको कार्यक्रमहरु घोषणा गरेको भन्दै आपत्ति जनाए । उनले अहिले आन्दोलनको उपयुक्त समय नरहेको पनि बताए । ‘सरकारको नेतृत्व गर्ने एउटा पार्टीले देशभरी जागरण अभियान सुरु गरेछ । अहिले त्यो उपयुक्त समय हो ? भनेर हामीहरुले प्रश्न गर्नुपर्ने बेला छ,’– नेता कोइरालाले भने । एमालेले आगामी चैत ११ गतेदेखि महिनाभरी नै विभिन्न अभियान र भेलालगातका कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

साथै, उनले पार्टीको १५औं महाधिवेशन २०८२ साल मंसिरको मसान्तभित्रै हुनुपर्ने बताए । उनले आफू पक्षीय नेता तथा कार्यकर्ताहरुलाई आफ्नो तर्फबाट दैनिक ‘नेपाली कांग्रेसको १५औं महाधिवेशन २०८२ को मंसिर मसान्तभित्र हुनुपर्छ’ भन्ने सन्देश लेखेर माहोल बनाउनसमेत आग्रह गरे ।

‘अधिवेशन तपाईँहरुलाई चाहिएको छ, हामीजस्तालाई चाहिएको छ । त्यसैले तपाईँहरुले आवाज उठाउन जरुरी छ । सामाजिक सञ्जालमा तपाईँहरु दिनदिनै केही न केही लेखिरहनु हुन्छ । मेरोतर्फबाट तपाईँ एउटा नोट हाल्दिनुस्– नेपाली कांग्रेसको १५औं महाधिवेशन २०८२ को मंसिर मसान्तभित्र हुनुपर्छ भनेर लेख्नुस् त । कति प्रेसर पर्दौरहेछ हेर्नुस् त तपाईँहरु । को जित्छ, हार्छ आफ्नो ठाउँमा छ । हामीहरु त्यतातिर ध्यान दिएर अगाडि बढौं,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP