शुक्रबार , बैसाख ५, २०८२

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले वंशनाससँगै अन्त्य भएको राजतन्त्र फेरि नफर्किने बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले सार्वभौम भइसकेका जनताले फेरि राजतन्त्र ल्याउने मुर्खता नगर्ने बताए । उनले बरु नेता र नेतृत्वमा रहेको राजतन्त्रात्मक सोच, शैली, प्रवृत्ति र व्यवहारको अन्त्य हुन जरुरी रहेको उनको भनाइ छ ।

‘वंशनाससँगै समाप्त भएको राजतन्त्र फेरि फर्किँदैन र सार्वभौम भएका जनताले फेरि राजतन्त्र ल्याउने मुर्खता पनि गर्दैनन् भन्ने कुरा स्पष्ट गर्न चाहन्छु । बरु समाजमा रहेको बाँकी राजतन्त्रात्मक सोच, शैली, प्रवृत्ति र व्यवहारमा भने अन्त गर्नैपर्छ । आफैंभित्रको राजतन्त्रलाई अन्त गर्नु लाग्नुपर्छ । आजको मुख्य काम यही हो,’– उनले भने ।

आफूलाई राजतन्त्र फर्किन्छ भन्ने डर नरहेको, केवल नेता र नेतृत्वहरुले आ–आफ्नो कमीकमजोरीहरु स्विकार गरेर सच्चिन सक्छन् कि सक्दैनन् भन्नेमात्रै डर रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP