शनिबार , भाद्र १३, २०८३

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले वंशनाससँगै अन्त्य भएको राजतन्त्र फेरि नफर्किने बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले सार्वभौम भइसकेका जनताले फेरि राजतन्त्र ल्याउने मुर्खता नगर्ने बताए । उनले बरु नेता र नेतृत्वमा रहेको राजतन्त्रात्मक सोच, शैली, प्रवृत्ति र व्यवहारको अन्त्य हुन जरुरी रहेको उनको भनाइ छ ।

‘वंशनाससँगै समाप्त भएको राजतन्त्र फेरि फर्किँदैन र सार्वभौम भएका जनताले फेरि राजतन्त्र ल्याउने मुर्खता पनि गर्दैनन् भन्ने कुरा स्पष्ट गर्न चाहन्छु । बरु समाजमा रहेको बाँकी राजतन्त्रात्मक सोच, शैली, प्रवृत्ति र व्यवहारमा भने अन्त गर्नैपर्छ । आफैंभित्रको राजतन्त्रलाई अन्त गर्नु लाग्नुपर्छ । आजको मुख्य काम यही हो,’– उनले भने ।

आफूलाई राजतन्त्र फर्किन्छ भन्ने डर नरहेको, केवल नेता र नेतृत्वहरुले आ–आफ्नो कमीकमजोरीहरु स्विकार गरेर सच्चिन सक्छन् कि सक्दैनन् भन्नेमात्रै डर रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP