मंगलबार , बैसाख २९, २०८३

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेकी छिन् । भारतको विदेश मन्त्रालयको सहकार्यमा ओआरएफले आयोजना गरेको राइसिना डाइलगकै क्रममा मन्त्री राणाले भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गरेकी हुन् । मन्त्री राणाले भेटवार्तामा द्धिपक्षीय हितको विषयमा कुराकानी भएको जनाएकी छिन् ।

जयशंकरसँगको भेटवार्ताबारे जानकारी दिँदै सञ्जालमा मन्त्री राणाले लेखेकी छिन,‘राइसिना संवादको क्रममा भारतका विदेशमन्त्री एस जयशंकरसँग अत्यन्त फलदायी भेटवार्ता भयो, हामीले दुई पक्षीय सम्बन्धको समीक्षा गर्दै विभिन्न क्षेत्रका चालु सहकार्यहरूबारे छलफल गर्‍यौं र जनस्तर तथा कूटनीतिक आदनप्रदानलाई अझ प्रवद्र्धन गर्ने सम्भावनाहरू पहिचान गर्‍यौं ।’

सो क्रममा उनले भारतको छिमेक पहिले नीतिको प्रशंसा गरेको र नेपालले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको पनि जनाएकी छिन् । भारत बसाईको क्रममा उनले झारखण्डमा रहेको बाबा बैद्यनाथ धामको पनि दर्शन गरिसकेकी छिन् । उनी राइसिना डायलग सुरु हुनुअघि एक साताअघि नै दिल्ली पुगेको बताईन्छ । भारत बसाईको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने चर्चा छ । उनी आगामी शुक्रबारमात्रै स्वदेश फर्कने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP