मंगलबार , बैसाख २९, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा ‘भिलेन’ को रूपमा पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । आज (मंगलबार) सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ज्ञानेन्द्रको मुर्खताले पनि देशमा गणतन्त्र आउनमा सहयोग पुर्याएको बताएका हुन् । पछिल्लो समय ज्ञानेन्द्रको मुर्खताबाट सुरु भएको बहसले नेपाली जनतालाई अझ बढी चेतनशील बनाउन मद्दत गर्ने उनले विश्वास व्यक्त गरे ।

‘हामीले जनयुद्ध र जनक्रान्तिमार्फत गणतन्त्रको आधार तयार पर्यौं । ज्ञानेन्द्रले आफ्नो मुर्खतामार्फत पनि हामीलाई मद्दत गरेकै हो भनेको थिएँ मैले । उनले धेरै मुर्खता नगरेको भए अझै केही वर्ष, उनले सात राजनीतिक दलमाथि पनि दमन नगरेको भए नेताहरु सबैलाई लात्ताले नहानिदिएको भए सायद केही वर्ष टिक्न पनि सक्थे । त्यसकारण भिलेनको रुपमा ज्ञानेन्द्रको भूमिा पनि महत्वपूर्ण छ गणतन्त्र स्थापनामा,’– उनले भने ।

पछिल्लो समय देशको राजनीतिमा केही नयाँ प्रश्न,नयाँ तरङ्ग र नयाँ जिज्ञासाहरु जन्मिएको पनि प्रचण्डले बताए । जनयुद्ध, जनआन्दोलन र विभिन्न उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायका पनि बलिदानको प्रतिफलको रुपमा देशमा गणतन्त्र आएको र संविधान सभाबाट संविधान बनेको स्मरण गराउँदै उनले प्राप्त उपलब्ध खोस्ने प्रयत्न भएको खण्डमा जनता चुप लागेर नबस्ने बताए । १० वर्षको जनयुद्ध, १९ दिनको जनआन्दोलन, मधेश आन्दोलनलगायत उत्पीडित वर्ग समुदायको आन्दोलनबाट नेपाली जनतामा पैदा भएको जागरण फेरि पछाडि फर्काउन असम्भव रहेको उनको दाबी छ । राजा, महाराजाहरुको विषय नेपाली जनताले इतिहास बनाइदिएको र अब त्यसको पुनर्गमन सम्भव नै नरहेको प्रचण्डले बताए ।

नेपाली जनता, राजनीतिक दल र दलका नेताहरुले निकै संयमतापूर्ण र उद्दारतापूर्वक चालेको कदमको विरुद्धमा दुस्साहस नगर्न उनले पूर्वराजा ज्ञानेन्द्रलाई चेतावनीसमेत दिए । उनले अहिले राजतन्त्र पुनर्स्थापनाको नाममा कलाविहीन नाटक मञ्चण भइरहेको टिप्पणी समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP