शनिबार , भाद्र १३, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनतालाई फेरि रैती बनाउने कोशिस भैराखेको भन्दै कुनैपनि हालतमा प्रतिगमनकारीहरुलाई सफल हुन नदिने स्पष्ट पारेका छन् । राजेन्द्र श्रेष्ठद्धारा लिखित पुस्तकको विमोचन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले अहिले संविधानविरोधी हर्कत भैराखेको भन्दै राजावादीहरुको आन्दोलनको विरोध जनाए ।

उनले भने,‘प्रतिगमनको कोशिस हुन्छ । संविधानले एउटा कुरा अपरिवर्तनीय भनेको छ । राजनीतिक शिष्टम, मान्यता परिवर्तन गर्न सकिन्छ । तर, राष्ट्रिय स्वाधिनता, अखण्डता परिवर्तन हुँदैन् । नेपाली जनतामा गएको सार्वभौमसत्ता परिवर्तन हुन सक्दैन् । तथाकथित राजावादीहरुले जे गरेका छन्, त्यो संविधानविरोधी काम हो । जनतालाई एकचोटी रैती बनाउने कोशिस हुँदैछ, सफल हुने दिईनेछैन् । बलिदान गर्ने वर्गको जिम्मेवारी छ, अब यो व्यवस्था ल्याउन बलिदान गरेकाहरु र वर्गले सचेत हुने बेला आयो ।’ उनले फेरि राजसंस्था फर्काउने कुरा कालरात्री फर्काउनेजस्तै भएकोले त्यतातिर कसैले पनि सोच्न नहुने तर्क गरे ।

उनले राजाहरुको शासन कालमा भएका विभिन्न काण्डको पनि स्मरण गराए । उनले भने,‘हिजो के भएको थियो ? कोतपर्व के थियो ? भण्डारखाल क–कसको झगडाले कसरी भएको हो ? त्यहाँ सयौं भारदारहरुको कत्लेआम कसरी गरिएको थियो ? नेपालको नक्शालाई संकुचित बनाउने काम दरबारीया राजाहरुले कसरी गरेका थिए, विदेशीको चाकडी कसरी गरेका थिए ? हिजोका राजा र महाराजाहरु अन्तर्राष्ट्रिय रुपमा वेश्यालयमा गएर नेपालको बेईज्जत कत्ति धेरै गराएका थिए ? यहीँ अस्ति भर्खरै कलकत्तामा बेईज्जत गरेर जवहारलाल नेहरुले त तिमीहरुको राजाले त बेईज्जत नै गर्यो छिटो फर्काउ भन्नपर्ने त्यो स्तरको कसले गरेको थियो ? नमिता सुमिता हत्याकाण्ड के थियो ? दरबारहत्याकाण्ड कसले कसरी गरेको हो ? यो युवाहरुलाई बुझाउन पर्यो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP