आइतबार , भाद्र १४, २०८३

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले आगामी फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न स्वतस्फूर्त रुपमा आउन आह्वान गरेका छन् । आज (शुक्रबार) आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले फागुन २५ गते दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा ज्ञानेनद्रको स्वागतका लागि आउन आह्वान गरेका हुन् । पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं फर्किने कार्यतालिका रहेको छ ।

उनले अब एमाले–कांग्रेस विर्सिएर राजसंस्था पुनर्स्थापनाको पक्षमा उभिनसमेत आग्रह गरे । उनले अबको समय राजा र आफ्नो रहेकोसमेत दाबी गरे । ‘अब बिर्सिनुस् कांग्रेस, अब बिर्सिनुस् एमाले । यो समय राजा र दुर्गा प्रसाईँको हो,’– उनले भने ।

तत्कालीन राजा ज्ञानेन्द्रले रक्तपात नगरी दरबार छाडेको स्मरण गराउँदै उनले अब रक्तपातविहीन तरिकाले सिंहदरबार र बालुवाटार छाड्न नेताहरुलाई चेतावनी दिए । ‘राजाले जसरी रक्तपातविहीन दरबार छाडेका थिए, तिमीहरु पनि रक्तपातविहीन सिंहदरबार र बालुवाटार छोड । तिमीहरुले गर्न सकेनौं । तिमीहरुले छाडेनौं भने तिमीहरुको हालत के हुन्छ आफैंले सोच्ने कुरा हो,’– उनले भने ।

त्यस्तै, आगामी फागुन २५ गते शान्तिपूर्ण प्रदर्शन हुने र ज्ञानेन्द्रलाई निर्मल निवास पुर्याइदिने उनले बताए । उनले अहिलेको शासन राणाहरुको भन्दा पनि खतरा रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP