सोमबार , चैत्र २४, २०८१

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले आगामी फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न स्वतस्फूर्त रुपमा आउन आह्वान गरेका छन् । आज (शुक्रबार) आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले फागुन २५ गते दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा ज्ञानेनद्रको स्वागतका लागि आउन आह्वान गरेका हुन् । पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं फर्किने कार्यतालिका रहेको छ ।

उनले अब एमाले–कांग्रेस विर्सिएर राजसंस्था पुनर्स्थापनाको पक्षमा उभिनसमेत आग्रह गरे । उनले अबको समय राजा र आफ्नो रहेकोसमेत दाबी गरे । ‘अब बिर्सिनुस् कांग्रेस, अब बिर्सिनुस् एमाले । यो समय राजा र दुर्गा प्रसाईँको हो,’– उनले भने ।

तत्कालीन राजा ज्ञानेन्द्रले रक्तपात नगरी दरबार छाडेको स्मरण गराउँदै उनले अब रक्तपातविहीन तरिकाले सिंहदरबार र बालुवाटार छाड्न नेताहरुलाई चेतावनी दिए । ‘राजाले जसरी रक्तपातविहीन दरबार छाडेका थिए, तिमीहरु पनि रक्तपातविहीन सिंहदरबार र बालुवाटार छोड । तिमीहरुले गर्न सकेनौं । तिमीहरुले छाडेनौं भने तिमीहरुको हालत के हुन्छ आफैंले सोच्ने कुरा हो,’– उनले भने ।

त्यस्तै, आगामी फागुन २५ गते शान्तिपूर्ण प्रदर्शन हुने र ज्ञानेन्द्रलाई निर्मल निवास पुर्याइदिने उनले बताए । उनले अहिलेको शासन राणाहरुको भन्दा पनि खतरा रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

सफल पोखरा अन्तराष्ट्रीय म्याराथनमा सहभागी हुन गुरुङ्ग दाम्पत्ती पोखरा जॉदै।

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP