सोमबार , चैत्र २४, २०८१

सूचना, सञ्चार तथा प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्रले आफ्नो हैसियत भुलेर हर्कत गरिरहेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेपश्चात सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले फेरि सत्तामा फर्कन्छु भन्दै पूर्वराजा ज्ञानेन्द्रले हैसियत भुलेर हर्कत गरिरहेको बताएका हुन् । ‘म फेरि फर्कन्छु भनेर जुन खालको हर्कत भइरहेको छ, यो उसले आफ्नो हैसियत भुलेको हो,’– मन्त्री गुरुङले भने ।

साथै, आफ्नो परिवार, आफ्नो ज्यान, दरबार र राजतन्त्रको रक्षा गर्न नसक्ने राजसंस्थाले देशको रक्षा गर्न सक्छ भन्ने कुरामा विश्वास गर्न नसकिने उनले बताए । मन्त्री गुरुङले अब एउटा कूलमा जन्मिएकै कारण मुलुकको तीन करोड जनताको सबैभन्दा श्रेष्ठ ठहरिएर शासन गर्न नपाइने बताए । ‘राजावादी मच्चिँदै हिँड्दैमा राजा फर्किन्छजस्तो लाग्दैन,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

सफल पोखरा अन्तराष्ट्रीय म्याराथनमा सहभागी हुन गुरुङ्ग दाम्पत्ती पोखरा जॉदै।

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP