बिहिबार , चैत्र २७, २०८१

जनकपुरमै पांग्रा छोडेर बुद्ध एयरको जहाज काठमाडौं अवतरण गरेपछि प्रतिनिधि सभा बैठकमा प्रश्न उठेको छ ।

बिहीबार दिउँसो बुद्ध एयरको एटीआर ७२ जहाज अगाडिको एउटा पांग्राबिना नै जनकपुरबाट उडान भरेको थियो । जहाजको पांग्रा नभएकोबारे चालकदलका सदस्यहरूलाइ काठमाडौं ल्याण्ड हुने बेलामा मात्र जानकारी भएको हो ।

बुद्धको युफोर ५०६ उडान नम्बरको एटीआर ७२ नामक एएनएच जहाजले काठमाडौंस्थित त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा अवतरण गरेको थियो । यसबारेमा विमान कम्पनीले छानबिन गरिरहेको बताएको छ । यता संसद्मा सांसदहरुले यसबारेमा उच्च स्तरीय छानबिन समिति बनाउन माग गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले जाँचबुझ आयोग गठन गर्न माग गरेका हुन् । “काठमाडौंमा एउटा पांग्रामा ल्यान्ड गर्‍यो, त्यसका लागि एउटा जाँचबुझ आयोग गठन गरियोस् भन्ने माग राख्न चाहन्छु,” उनले भने ।

नेकपा (माओवादी केन्द्र)की सांसद छिरिङ लामु लामा तामाङले एउटा पांग्रा जनकपुरमै छुटेर आयो भन्ने सुन्दा यात्रुको मनमा भुइँचालो नै आएको बताइन् ।

“यो सुन्दा हजारौँ यात्रुको मनमा भुइँचालो गयो होला, मेरो पनि त्यस्तै भयो,” उनले भनिन् ।

उनले रनवेबाट पांग्रा समयमै निकाल्दा अर्को खतरा टरेको पनि बताइन् । उनले हवाई क्षेत्र बेवारिसे बनाएको विषयमा पनि प्रश्न गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८१ फाल्गुन ०२ गते शुक्रवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP
सोमंबुबिशु