मंगलबार , बैसाख २९, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली फेल भएको टिप्पणी गरेका छन् । जनतासँग माओवादी तराई-मधेस जागरण सभाअन्तर्गत आज धनुषामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्याबिनेटको कार्य सम्पादन मूल्याङ्कनअनुसार प्रधानमन्त्री ओली फेल भएको बताएका हुन् । प्रचण्डका अनुसार प्रधानमन्त्री ओलीले कार्य सम्पादन मूल्याङ्कनमा २८ अंकमात्रै पाएका छन् । अध्यक्ष प्रचण्डले फेल भएको मान्छे पदमा बसिराख्न नहुने टिप्पणी गरे । ‘प्रधानमन्त्रीजी तपाईंको क्याबिनेटको कार्य सम्पादन मूल्यांकनमा तपाईं २८ प्रतिशतमा पर्नुभएको छ। तपाईं त फेल नै हुनुभएको छ। किन बसिराखेको प्रधानमन्त्रीमा ?’ प्रश्न गर्दै उनले भने ।

साथै, प्रधानमन्त्री ओलीले शिक्षकहरुको बारेमा दिएको अभिव्यक्तिमा पनि प्रचण्डले आपत्ति जनाए । एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले शिक्षकहरुले ५२ प्रतिशत विद्यार्थी फेल गराएर ४८ पतिशतमात्रै पास गराएको भन्दै उनीहरुको तलब, सेवा सुविधा बढाउन आवश्यक नरहेको अभिव्यक्ति दिएका थिए । ‘तपाईंले प्रधानमन्त्रीको कुरा सुन्नुभयो होला– ४८ प्रतिशत मात्रै पास गराउने टिचरलाई केको सुविधा भनेर उनले अझ मास्टरलाई गाली गरे। राज्यले उचित बजेट दिनुछैन, व्यवस्थापन गर्नुछैन। शिक्षकलाई गाली गर्नेतिर प्रधानमन्त्रीको बुद्धि छ, कर्मचारीलाई गाली गर्नेतिर छ,’– प्रचण्डले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP