शनिबार , बैसाख ६, २०८२

नेकपा (एमाले) ले सरकारले ल्याएको अध्यादेश यथाशक्य चाँडो पारित गर्ने निर्णय लिएको छ । आज बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा महासचिव शंकर पोख्रेलले अध्यादेश पारित गर्नु सरकारको कर्तव्य हुने भएकोले उक्त प्रयासलाई पनि सामान्य रुपमा लिनुपर्ने धारणा राखे ।

सरकारले अध्यादेश नै पारित गर्ने उद्देश्यले राजनीति दलसम्बन्धी विद्येयक परिमार्जनसहित अघि बढाउन खोजेको बेलामा पोख्रेलले यस्तो टिप्पणी गरेका हुन् ।

बैठकपछि पोख्रेलले भने,‘सरकारले जारी गरेका अध्यादेश पारित गर्न खोज्नु कर्तव्य हो । त्यसलाई आलोचनाको विषय भन्न मिल्दैन ।’ आजको बैठकमा ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणबारे पनि छलफल गरेको थियो । जसमा स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग छलफल गरेर पाथीभरा केवलकार विवादको समस्या समाधान गर्नेबारे छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP