शनिबार , बैसाख ६, २०८२

नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले एमाले र एमालेको नेतृत्वबाट मात्रै मुलुकको अवस्था बदल्न सम्भव रहेको बताएका छन् । आज (शनिबार) एमाले मोरङको १० औं अधिवेशनलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलहरुबाट मुलुकको अवस्था नबद्लिने बताएका हुन् ।

उनले एमालेमात्रै क्रान्तिकारी पार्टी रहेको र एमालेको नेतृत्वमा मात्रै मुलुकका सबै समस्याको समाधान सम्भव रहेको दाबी गरे । ‘यिनीहरू (कांग्रेस, माओवादीलगायत) ले मुलुकको आर्थिक असमानता र गरिबीको खाडल सक्दैनन् । एमालेको नेतृत्वमा मात्र यो सम्भव छ,’– बादलले भने ।

उनले माओवादीको नीति, विचार र नेतृत्वले नेपालको अवस्था बदल्न सक्ने पार्टी हो भन्ने कुरा पुष्टि नगर्ने बताए । उनले माओवादी, कांग्रेसलगायतका दललाई अवसरवादी र अस्थिरतावादीको संज्ञा दिए । कांग्रेस, माओवादीलगायतका दलबाट नेपालमा समाजवाद स्थापना सम्भव नरहेको उनको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP