शनिबार , भाद्र १३, २०८३

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधानले मुलुकलाई दुर्घटनातिर लाने निश्चित रहेको बताएका छन् । आज (शनिबार) पोखरामा जारी लिट्रेचर फेस्टिभलमा ‘संविधान संशोधनको औचित्य’ सेसनमा संवाद गर्दै उनले संविधान संशोधन अपरिहार्य रहेको बताएका हुन् । हिजो विश्वकै उत्कृष्ट संविधान भनेर घोषणा गर्नेहरुले नै अहिले यस्तो निकृष्ट पनि संविधान हुन्छ र ? भन्ने प्रश्न गर्न थालेको उनको टिप्पणी छ ।

‘संघीय गणतन्त्र पनि छ, एकात्मक पनि छ । विविधता भएको ठाउँमा एकल जातीय प्रभुत्व पनि छ । संवैधानिक अंगहरु विकृतिमूलक छ । यस्तो बाटोमा मुलुक गयो भने दुर्घटना हुन्छ । दुर्घटनाभन्दा अगाडि नै यसलाई संशोधन, परिमार्जन गर्न, समयसापेक्ष बनाउन जरुरी छ । हिजो विश्वकै उत्कृष्ट संविधान भनेर घोषणा गरिएकै हो नि । अहिले जसले घोषणा गरे, उसैले यस्तो निकृष्ट पनि संविधान हुन्छ त भन्न थालिसके,’– उनले भने ।

वर्तमान संविधानमा जातीय र नश्लीय विभेद कायमै रहेको र शासकीय स्वरुप पूर्ण असफल रहेको उनले बताए । निर्वाचन प्रणाली पनि गलत रहेको र समावेशी प्रणालीलाई झनै विकृत बनाइएको उनले बताए । अहिले संविधानलाई देखाएर नेपालको राजनीतिमा तमासा भइरहेको उनको आरोप छ ।

‘यो संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाललाई न संस्थागत गर्न सक्छ ? न स्वतन्त्र न्याय पालिका दिनसक्छ ? न आम जनताले चुनाव लड्ने वातावरण दिन सक्छ ? राजनीतिक स्थिरता, समृद्धि र सुशासन त सम्भव नै छैन । यो संविधानलाई संशोधन, पुनर्लेखन र परिमार्जन गर्नुस् र सच्याउनुस्,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP