मंगलबार , बैसाख २९, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले जनताले प्राप्त गरेको अधिकार खोस्ने दुस्साहस गरिरहेको टिप्पणी गरेका छन् । आज (बिहीबार) सुनसरीको गढी गाउँपालिकामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संविधानबाट जनताले पाएका उपलब्धीहरु खोस्ने प्रयत्न भइरहेको बताएका हुन् । उनले यस्तो परिस्थितिमा आफूहरु भने उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको पक्षमा रहने पनि बताए ।

‘पुराना केही पार्टीहरुले जनताले प्राप्त गरेको अधिकारलाई पनि चुनौती दिने दुस्साहस गर्दैछन् । जनताले पाएका जेजति उपलब्धी छन्, संविधानबाट ती उपलब्धी खोस्ने दुस्साहस पनि गर्दैछन् । यो परिस्थितिमा हामी उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायसँग हाम्रो सम्बन्ध कमजोर हुँदा प्रतिकृयावादीहरु, दलालहरु, भ्रष्ट तत्वहरु हाबी हुने खतरा देखियो,’– अध्यक्ष प्रचण्डले भने ।

आफूहरुले अहिले हुलाकी राजमार्गअन्तर्गतको अभियानमा खाली भाषणमात्रै नगरेर जनताहरुको पीडा सुन्न र संहदरबारमा आवाज मुखरित गराउन आएको बताए । उनले राष्ट्रिय स्वाधिनताको रक्षा, लोकतन्त्रको सुदृढीकरण र आर्थिक विकासको पक्षमा माओावदीलाई साथ दिन आग्रह गरे । ‘हामीलाई साथ दिनुस्, हामी तपाईँलाई पहिचान, अधिकार र समृद्धि दिनेछौं,’– अध्यक्ष प्रचण्डले भने ।

आफूले सरकारको नेतृत्व गर्दैगर्दा भ्रष्टाचारीहरुको विरुद्ध, सुशासनको पक्षमा, सामाजिक विभेद, अन्यायको विरुद्धमा, सामाजिक न्यायको पक्षमा र आर्थिक सुधारको पक्षमा काम उनले गरेको बताए । अहिले सदनमा भ्रष्टाचारी र भ्रष्टाचारलाई संरक्षण गर्न चाहने, विचार र तत्वहरु एकातिर र भ्रष्टाचारको विरोधी, सुशासनको पक्षधर र जनताको पहिचानको पक्षधर आफूहरु अर्कोतिर रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP