मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ढुकुटीमा पैसा नहुँदा अहिले सरकारको ओठ-तालु सुकेको टिप्पणी गरेका छन् । आज (बिहीबार) पोखरामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब सामाजिक सुरक्षा भत्ता बाँड्न पनि नसक्ने अवस्थामा सरकार पुगेको बताए । सरकारले ठेकेदार, विमालगायतको पैसा भुक्तानी गर्न नसक्ने अवस्था सिर्जना भइसकेको उनको भनाइ छ । कम्युनिष्टहरुले सरकारको सफलताको मानक सामाजिक सुरक्षा भत्ता मान्दै आएको पनि उनको आरोप छ ।

‘सरकारको सफलताको मानक त्यो हैन नि । सरकारले कहाँबाट ल्याएको हो त्यो ? घरबाट ल्याएको हो ? नागरिकले कर तिरेको पैसा होईन ? अहिले हेर्नुस् त सरकारको हालत ? ठेकेदारको पैसा दिन सक्दैन, विमाको पैसा दिन सक्दैन । सरकारको ओठ-तालु सुकेको छ । ल बाँडोस् त अब, ल जताततै बाँडोस् त ? किन बाँड्न सक्दैन भने, उसले कमाएको हो र ? उसले बाँड्नलाई ? कमाइदिएको त अरुले हो नि त ? नागरिकले कामएर लगेर थपक्क बुझाएको राजश्वको पैसालाई एक निर्णयमा बाँड्न पाउने कुरा संसारको सबैभन्दा सजिलो कुरा हो,’– उनले भने ।

उनले आफू चुनावी कार्यक्रममा जाँदा हाम्रो पार्टीले जित्यो भने भत्ता बढाइदिन्छ भनेर भनिदिनुस् भन्दै चिट आउने गरेको उनले सुनाए । उनले चु्नावको बेला त्यस्तो कुरा बोल्न नहुने बताए । सरकारको सफलताको मानक सामाजिक सुरक्षा भत्ता मान्न नसकिने बताए ।

सरकारले नागरिकका कामहरुमा हस्तक्षेप गर्न नहुने, धेरै कानुन बनाएर रात विरात सताउने काम गर्न नहुने उनको भनाइ छ । उनले नागरिकलाई निरुत्साहित बनाउनका लागि सरकारले कानुन बनाउन नहुने बताए । साथै, जसको नेतृत्वमा सकरार बनेपनि त्यसले कुनै चमत्कार गर्न नसक्ने उनको भनाइ छ । उनले भने, ‘सरकारले चमत्कार गर्दैन, केही गर्न सक्दैन । चमत्कार म गर्छु भन्ने जिम्मा लिएर सरकारमा मान्छे आउँछ । नागरिकले तैँले चमत्कार गर्छु भनेको थिईस्, किन गरिनस् भनेर सोध्छ । अनि उसले मैले त गरेको थिएँ, त्यसले नगरेको भन्छ । उसले उसलाई भन्छ, सब मान्छे कन्फ्यूज ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP