शनिबार , भाद्र १३, २०८३

काठमाडौं, १४ फागुन । पूर्व उपराष्ट्रपतिसमेत रहेका नेकपा (माओवादी केन्द्र) का नेता नन्दकिशोर पुन ‘पासाङ’ ले पुनः एकचोटी माओवादीलाई भोट दिन २०६४ मा भोट दिएका जनताहरुलाई आग्रह गरेका छन् । आज (बुधबार) गोर्खाको बारपाक सुलिकोट गाउँपालिकामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रको संस्थागत विकास र समाजवादमा पुग्नका लागि फेरि एकचोटी माओवादीलाई भोट दिन आग्रह गरेका हुन् । ०६४ मा माअ‍ोवादीलाई दिएको भोट खेर नगएको दाबी गर्दै उनले ०८४ मा सदनमा शक्तिशाली पार्टी बनाइदिन आग्रह गरे ।

माओवादीले अहिले चलाइरहेको अभियानको उद्देश्य पनि जनतामाझ अपिल गर्नु रहेको बताउँदै उनले भने, ‘हामीले के भनेका छौं भने– अब हामी एउटा अभियानमा जानुपर्छ, जनताको घरदैलोमा पुग्नुपर्छ । हामीले विगतमा जे–जति कमीकमजोरी गरेका छौं, त्यो सर्लक्कै राख्न सक्नुपर्छ । यहाँ गल्ती भयो, हामीलाई माफी दिनुस्, तर हामी लक्ष्यबाट विचलित भएका छैनौं, हामी प्रतिस्पर्धा गर्छौं, श्रेष्ठताको आधारमा, विचारको आधारमा प्रतिस्पर्धा गर्छौं । तपाईँहरुले हामीलाई साथ दिनुस्, हामीलाई माफी दिनुस् २०८४ मा तपाईँहरुलाई माओवादीलाई सदनमा शक्तिशाली पार्टीको रुपमा उपस्थित गराउनुस् । २०६४ मा जुन–जुन जनताले माओवादीलाई भोट दिनुभयो, हामी विन्ति गर्छौं फेरि एकचोटी हामीलाई भोट दिनुस् भनेर हामी त्यो अभियान लिएर जान्छौं ।’

माओवादी आफूले गरेको कमीकमजोरीहरु आत्मालोचना गरेर जनतामाझ गएको उनले बताए । यसमा सहिद परिवारलायत सबैको साथ आवश्यक रहेको पनि उनको भनाइ छ । साथै, उनले आफू पार्टी राजनीतिमा आउनुको कारणसमेत बनाए । देशलाई समाजवादी गणतन्त्रमा पुर्याउने सहिद र बेपत्ता योद्धाहरुको लक्ष्य पूरा गर्नलाई आफू पुनः राजनीतिमा सक्रिय भएको पनि उनले बताए । आगामी दिनमा आफू उक्त लक्ष्यमा प्रतिवद्ध भएर जनतासँगै रहने पनि उनले बताए ।

‘विरोधी शक्तिहरुले त्यहाँ गएर के–के बोल्यो भनेर कान ठाडो त पारिनै रहेका छन् । तर, मलाई खुसी लागेको छ– म यो सहिद सप्ताहमा अरु पनि दुई तीन वटा कार्यक्रममा उपस्थित हुँदैछु । किनकी मेरो लक्ष्य पूरा भएको छैन । मेरो लक्ष्य पूरा गर्नका लागि, समाजवादी गणतन्त्रमा पुग्नका लगि, सहिदहरुको सपना पूरा भएको छैन । सहिदहरुको लक्ष्य पूरा भएको छैन, बेपत्ता योद्धाहरुको लक्ष्य पूरा भएको छैन । त्यो लक्ष्य पूरा गर्नका लागि हामी हाम्रो लक्ष्यमा प्रतिवद्ध भएर अगाडि बढ्नुपर्छ भनेर म अगामी दिनहरुमा तपाईँहरुसँग रहँदै, जनतासँग रहँदै, नेकपा (माओवादी केन्द्र) सँग रहँदै अगाडि बढ्ने प्रतिवद्धता मैले व्यक्त गरेको छु,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP