शनिबार , भाद्र १३, २०८३

नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पछिल्लो दाबीलाई हाँस्यास्पद भनेका छन् । प्रचण्डले आफ्नो दलको सहयोगमा कांग्रेस र एमाले ठूलो भएपनि पछिल्लो समय आफूहरुले साथ नदिएपछि सानो हुन थालेको टिप्पणी गरेका छन् ।

त्यसप्रति एमाले महासचिवले आपत्ति जनाउँदै दाहालको उक्त दाबीलाई हाँस्यास्पद भनेका छन् । प्रचण्डले अस्थिर र स्वार्थपरक नीीत तथा द्धैद्ध चरित्रको कारण माओवादी आन्दोलनले कार्यकर्ताको विश्वास र जनताको जनादेश गुमाएको दाबी गरेका छन् ।

उनले फेशबुकमा लेखेका छन्-

नेकपा९एमाले० र नेपाली कांग्रेसको सहयोगमा सत्ता समिकरणको कथित म्याजिक नम्वर पाउन सफल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले ती दलहरुको सहयोग नपाउने भएपछि आफ्नो सहयोगमा ती दल ठुला भएको हास्यास्पद दावी गरेछन् ।

वास्तवमा सरकारको नेतृत्वमा रहदा पुष्पकमल दाहाल प्रचण्डले अवलम्वन गरेको अस्थिर र स्वार्थपरक नीति तथा द्वैध चरित्रका कारणले माओवादी आन्दोलनले कार्यकर्ताको विश्वास र जनताको जनादेश गुमाउन पुगेको हो । यो क्रम निरन्तर जारी छ । त्यसको हेक्का भएर नै प्रचण्डमा यतिवेला तिव्र निरासा र छटपटाहट देखिन थालेको छ ।

साच्चै नेपालको राजनीतिलाई विकास र समृद्धिका लागि राजनीतिक अस्थिरताको दुश्चक्रवाट मुलुकलाई वाहिर निकाल्ने हो राजनीतिक ध्रुविकरणको वाटोमा जानु आवश्यक छ ।त्यसका लागि अव आउने चुनावमा सबै राजनीतिक दलले गठवन्धन विना आफ्नो नीति तथा कार्यक्रमका आधारमा जनतामा जाने आँट गर्नु पर्दछ । यस्तो भएमा कथित म्याजिक नम्वरको नाममा साना दलले ठुला दलहरुमाथि शासन गर्ने स्थित अन्त्य हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP