मंगलबार , बैसाख २९, २०८३

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट गणतन्त्रमाथि खतरा रहेको आरोप लगाएका छन् l ‘ओलीजी होईन संसद् विघटन गर्ने, काम गर्ने मौका जनताले दिएका थिए, त्यसलाई सदुपयोग गर्न नसकेर विघटन गर्दै हिँड्ने, त्यो प्रवृत्तिबाट गणतन्त्रमा खतरा छ,’– उपमहासचिव पुनले भने ।

प्रधानमन्त्री ओलीले बाध्यतामा मात्रै गणतन्त्र स्वीकार गरेको नेता पुनको भनाइ छ । उनले सबैभन्दा बढी राजावादी नेता ओली रहेको बताए । प्रधानमन्त्री ओलीले दाङमा पुगेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि लगाएको आरोपको कुनै तुक नरहेको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले दाङको एक कार्यक्रममा प्रचण्डको राजावादीसँग बसीउठी रहेको र २०६० सालमा राजासँग सम्झौता गरेर सत्ता लिन तम्सिएको आरोप लगाएका थिए ।

प्रधानमन्त्री ओलीको आरोप खण्डण गर्दै उनले भने, ‘उहाँ हो नि त बयल गाडामा चढेर अमेरिका जान सकिँदैन भन्ने । यस्ता अप्रिय कुराहरु बोल्न नलगाउनुस् न । उहाँ हो नि त राजावादी त । जिन्दगीभरी राजा बोकेर हिँड्नुभयो । पछि बाध्यतामा गणतन्त्रवादी हुनुभयो । अहिले गणतन्त्रको लाभ लिइराख्नुभएको छ । अनि १०औं हजार बलिदानी गरेर राजतन्त्र फाल्नका लागि लडेको पार्टीलाई आरोप लगाउने भनेको स्टन्टमात्रै हो ।’

प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्रले सार्वजनिक गरेको शुभकामना सन्देशबारे टिप्पणी गर्दै उनले नागरिकको हैसियतले उनलाई बोल्ने छुट रहेको बताए । तर, पूर्वराजा ज्ञानेन्द्रले आफ्नो हैसियत विर्सन नहुने उनको चेतावनी छ । तानाशाहहरुले प्रतिक्रान्तिको सपनासमेत देख्ने गरेको बताउँदै उनले पूर्वराजा ज्ञानेन्द्रलाई संविधान, कानुनको सीमाभन्दा बाहिर गएर बोल्ने छुट नरहेको बताए ।

‘पूर्वराजा ज्ञानेन्द्र नागरिकको रुपमा बोल्न पाउँछन्, केही भने होला । नागरिकको रुपमा सहयोग गर्ने हो भने स्वयंसेवकको रुपमा सहयोग गर्न सकिन्छ । अरु कुनै रुपले हो भने राजनीतिक पार्टी बनाएर आउनुस् । पार्टी बनाएर आफ्नो, विचार, राजनीति लिएर आउनुस् । उहाँले आफ्नो हैसियत बुझ्नुपर्छ । यो व्यवस्था राम्रो हो । उहाँले जस्तै बोलेकै आधारमा कसैले गोली ठोक्दैन । तर, बोल्दा संविधान, कानुनको सीमाभन्दा बाहिर जान पाइँदैन । प्रतिक्रान्तिका सपना देख्न सक्छन् तानाशाहहरु । तर सपना र यथार्थ त फरक कुरा हो नि त,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP