बुधबार , चैत्र २६, २०८१

नेपाली कांग्रेसका शीर्ष नेता डा. शेखर कोइरालाले मुलुक बिस्तारै एमालेकरण भएको भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन् । आज काठमाडौंमा आयोजित नेपाल प्रेस युनियनको शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले अहिलेको सरकारबाट सुशासनको प्रत्याभूति नभएको भन्दै प्रश्न उठाए ।

उनले भने,‘सामाजिक सञ्जालसम्बन्धी विद्येयक, यो विद्येयश भर्खरै संसद्मा गएको छ । छलफल हुन बाँकी नै छ । जसरी यो विद्येयक आएको छ, जस्तोका त्यस्तै पास भयो भने मानिसको अभिव्यक्ति स्वतन्त्रताप्रति आघात पुग्छ । नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न पाईँदैन भन्ने कुरामा दुईमत छैन् । कुनैपनि हालतले यो विद्येयक फिर्ता गरिदिन सरोकारवालासँग माग गर्दछु । सबैसँग छलफल गरेर मात्रै यो विद्येयक ल्याउन माग गर्दछु ।’

उनले कांग्रेस र एमालेको सरकार बन्नुपर्छ भनेर आफूनै पहिला लागेको स्मरण गराए । उनले भने,‘यो सरकार बनाउने बेलामा हामीहरु सबै लागेका थियौं । दुई वटा ठूला दल मिलेर सरकार बनाउँ, सुशासन दिन सकिन्छ । संविधानमा संशोधन गर्न सकिन्छ । राजनीतिक स्थायित्व दिन सकिन्छ , र देशलाई समृद्ध बनाउनको लागि मैले नै पहल गरेको हो भन्दापनि हुन्छ । तर, जसरी यो सरकार चल्दैछ । अगाडि बढ्दैछ । संसद्लाई छलेर अध्यादेशहरु ल्याउने जमर्को गरिराखेको छ । त्यसले लोकतन्त्रलाइृ अप्ठ्यारोमा पारिरहेको छ । तपाईंको अध्यादेश राम्रो छ कि नराम्रो भन्ने कुरा पछिको कुरा हो । संसद् आउनुभन्दा ६ दिन पहिले, विद्येयक आउँछ । अध्यादेश ल्याईन्छ, के कारणले ल्याएको हो ? अहिले किन अर्जेन्सी पर्यो ? यो कुरामा सरकारले जवाफमा दिन जरुरी छ । हामीले यो सरकारलाई सुशासन दिन्छ भनेर ल्याएको हो । कस्तो सुशासन दिन थालियो भने घुस दिनेलाई समात्ने अनि घुस लिनेलाई चाहीँ छोडिदिने ।’

कोइरालाले महान्यनयाधिविक्ता रमेश बडालको भूमिकामाथि पनि प्रश्न उठाए । उनले भने,‘अहिले महान्यायाधिवक्ताको क्रियाकलाप हेर्ने हो भने राज्यले दिएको अधिकारको दुरुपयोग भैराखेको छ । यसमा दुईमत छैन् । कताकता मलाई चिन्ता लागेको छ, हामीहरु सत्ता पक्षमा छौं, तर सरकारमा छैनौं । हामीले यो सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकत्ता छ । हामी प्रतिष्पर्धी पनि हौं । एमाले र कांग्रेस प्रतिपष्र्धी हुन् । हामीले जे/जे कुरामा चिक्त बुझ्दैन, हामीले खबरदारी गरेर अगाढि जानुपर्ने आवश्यकत्ता छ ।’

उनले कांग्रेस र एमाले मिलेर माथिल्लो तहदेखि वडा तहसम्म राजनीतिक संयन्त्र बनाएर शासन गर्ने कुराको पनि विरोध जनाए । उनले भने,‘मलाई डर लागिरखेको छ, चिन्ता लागिरहेको छ, यो सरकार एमालेकरण त भैरहेको छैन भन्ने त चिन्ता लागेको छ। संयन्त्रले सरकार चलाउने कम्युनिष्टमा मात्रै हुन्छ । साम्यावादी देशमा मात्रै संयन्त्रले देश चलाउँछ । यहाँ यही प्रक्रिया केन्द्रदेखि गाउँपालिकासम्म संयन्त्र बनाउने काम भयो । अब वडापनि संयन्त्र बनाएर चलाउने दुस्प्रयास भैरहेको छ । लोकतन्त्रमा यसरी संयन्त्रले देश चलाउने होईन । यो कुरा हामीले बुझ्न जरुरी छ । विस्तारै नथाहापाउने तरिकाले एमालेकरण भैरहेको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८१ फाल्गुन ०२ गते शुक्रवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP