आइतबार , भाद्र १४, २०८३

नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले भ्रष्टाचारको सूचकमा नेपालको अवस्था १ अंक तल झरेर अझै कमजोर भएको रिपोर्ट सार्वजनिक भएको विषयमा अहिले भ्रमको खेती भएको भन्दै वास्तविक तथ्य भन्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट सन् २०२४ को भएको र उक्त वर्षको आधिभन्दा बढि समय माओवादी नेतृत्वको सरकार रहेको तथ्य पेश गरेका छन् । पोख्रेलले फेशबुकमा लेखेका छन्-

भ्रमको खेती र वास्तविक तथ्य

ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रस्टाचारको सूचकमा नेपालको अवस्था १ अंक तल झरेर अझ कमजोर भएको रिपोर्ट सार्वजनिक गरेपछि नेकपा (माओवादी केन्द्र) लगायतका विपक्षी दलका नेता कार्यकर्ताहरु वर्तमान सरकारका कारणले त्यसो भएको भनेर तिखो आलोचना गरिरहेका छन् । जबकी उक्त रिपोर्ट सन २०२४ को हो । जुन वर्षको आधिभन्दा वढि समय माओवादी नेतृत्वको सरकार नै थियो ।

त्यसमाथि यसै वर्ष सुशासनका सन्दर्भमा प्रकाशित ६ वटा रिपोर्ट मध्ये तीनवटा रिपोर्टमा नेपालको अवस्था खस्किएको देखाइएको छ । विश्ववैंक लगायत तीनवटाको रिपोर्टमा भने नेपालको अवस्थामा सुधार भएको देखिन्छ । त्यस अर्थमा नेपालका सन्दर्भमा कुन रिपोर्ट भरपर्दो भन्ने कुरा आफ्ना ठाउमा छ । तर विग्रिएको तथ्यलाई नै आधार बनाउने हो भने पनि ठुलो हिस्सा पूर्ववर्ति सरकार र त्यसको नेतृत्वलाई जान्छ । होइन र ?

विगतको सरकारको काम ठिक नभएको र मुलुक संकटग्रस्त वन्न पुगेको निष्कर्शका आधारमा नै वर्तमान सरकार गठन भएको हो । दुई दलका बीचमा भएको ७ वुँदे सहमतिमा नै उक्त कुरा उल्लेख छ ।

वर्तमान सरकार गठन भएपछि कानुनी, संरचनागत र कार्यशैलीमा सुधार गरेर सुशासन र सेवा प्रवाहमा जोड़ दिने काम भएको छ । लगानी प्रवर्धन र आर्थिक सुधारमा जोड दिइएको छ । यसको प्रभाव र परिणामका लागि अर्को वर्षको रिपोर्ट पर्खनुपर्ला । होइन र ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP