शुक्रबार , बैसाख ५, २०८२

बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा उन्मुक्ति दिईएका पूर्व प्रधानमन्त्रीद्धय डा बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथि सुनुवाइ जारी छ । सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा सो रिटमाथि सुनुवाई जारी छ ।
२०७६ सालमा बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले मन्त्रिपरिषद्को निर्णयका आधारमा भएको ललिता निवासको जग्गा किनबेचका मुख्य हर्ताकर्ता माधव र बाबुराममाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा नचलाएको भन्दै सर्वोच्चमा रिट हालेका थिए । रिटमा माधव बाबुरामसहित पुर्व मुख्यसचिव लिलामणी पौड्यालमाथि पनि मुद्दा चलाउनुपर्ने माग गरिएको छ ।
यसअघि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासले निर्णय सुनाउनका लागि २०७९ कात्तिक १५ गतेको मिति तोकेको थियो । तर, मुद्दाको निर्णय सुनाउनुअघि नै तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले राणामाथि महाअभियोगको डन्डा वर्षाएपछि सो प्रकरण त्यसै डिसमिस बन्यो ।
५ वर्षमा १८ पटक पेशी र १३ पटक सुनुवाइको पालो आउँदापनि कुनै छिनोफानो हुन सकेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP