शनिबार , भाद्र १३, २०८३

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अध्यादेशको अस्त्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वस्त्र बनाइदिएको टिप्पणी गरेका छन् । रौतहटको यमुनामाई गाऊपालिकाको विशेष भेलालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले झण्डै दुई तिहाई बहुमतको हावागफ दिने प्रधानमन्त्री ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश पारित गर्नका लागि समान्य बहुमतसमेत नभएको बताए ।

‘म प्रधानमन्त्रीज्यूसंग सोध्न चाहन्छु– तपाईले त झण्डै दुई तिहाईको बहुमतको शक्तिशाली सरकार भन्नुहुन्छ । तर, तपाई आफैंले ल्याएको अध्यादेश पारित गर्नका लागि तपाईसँग समान्य बहुमत छैन् । तपाई कुन नैतिकताले अझै पदमा बस्नुभएछ ?’, प्रश्न गर्दै आजपा अध्यक्ष साहले भने, ‘तपाईले अध्यादेश संसदमा निर्णयार्थ पेश गरेर किन फिर्ता लिनुभो ?’

आफैंले ल्याएको अध्यादेश पारित गराउन नसक्ने प्रधानमन्त्रीले कुन नैतिकताका आधारमा कुर्सीमा बसिरहेको भन्ने प्रश्न गर्दै उनले अलिकति पनि देश र जनताको माया भए तुरुन्त कुर्सी छोड्न सल्लाह दिए ।

‘तपाईँ आफैंले ल्याएको अध्यादेशको अस्त्रले तपाई आफैलाई निर्वस्त्र बनाइदिएको छ । दुनियाले देखिरहेको छ तपाईसंग समान्य बहुमत पनि छैन । त्यसैले तपाई कुर्सी छोड्दा नै देश र जनताको हित हुन्छ,’– साहले भने ।

आजपा अध्यक्ष साहले अहिलेको कांग्रेस–एमालेको गठबन्धन नभई ओली र शेरबहादुर देउवाको स्वार्थको गठबन्धन भएको टिप्पणी गरे । उनले मुलुक र जनताको हितका लागि ओली र देउवाको बन्धनबाट देशलाई तत्काल मुक्त गर्नुपर्ने बताए ।

‘यो गठबन्धन अप्रजातान्त्रिक, अप्राकृतिक, अदृश्य एवं अनैतिक हो । यो केवल केपी शर्मा ओलीज्यू र शेरबहादुर देउवाज्यूको स्वार्थको बन्धन हो । दुनियाले हेरिरहेको छ यो स्वार्थको गठबन्धनले दलाल, बिचौलिया, भ्रष्टहरुको सेवामा समर्पित छ’ आजपा अध्यक्ष साहले भने, ‘विपी कोईरालालाई आदर्श मान्ने कांग्रेस र मदन भण्डारीलाई आदर्श मान्ने एमालेका नेताकार्यकर्ताले यो ठगबन्धनलाई कसरी स्वीकारेको होला ?’

ओली र देउवाको स्वार्थ बन्धनबाट विपी र मदन भण्डारीलाई मान्ने कांग्रेस र एमालेका नेताकार्यकर्ता सहित मुलुक र जनता समेत पीडित भएकाले स्वार्थ बन्धनलाई बहिष्कार गरेर अगाडि बढनुपर्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP