मंगलबार , बैसाख २९, २०८३

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य प्रभु साहले सरकारले संसदीय समितिको बैठकहरुमा सुराकी पठाएको आरोप लगाएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले समिति र सदनमा सांसदहरुले के बोल्छन् भनेर सुराकीको रुपमा केही प्रहरी खटाएको आरोप लगाएका हुन् । ृउनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार राजाको शासन कालभन्दा पनि निरङ्कुश भएको टिप्पणी गरे ।

‘यतिसम्म कि अब मोबाइल (सामाजिक सञ्जाल) मा पनि विरोध गर्न बन्द गर्ने । संसद्मा पनि कुन दिन अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध हुन्छ । हामी सुन्छौं, सरकारका प्रहरीहरु सुराकीको काम गर्दैछन्, समितिमा के बोल्छन् सांसदहरु ? संसद्मा सांसदहरु कसरी प्रस्तुत भइरहेको छ ? यतिसम्म त राजाले पनि गर्दैन थियो,’– उनले भने ।

उनले सरकारले शान्तिपूर्ण विरोध गर्न पाउने नागरिकको हकमाथि प्रतिबन्ध लगाएको पनि आरोप लगाए । ‘नेपालमा लोकतन्त्र छ कि निरङ्कुशता ?’ भन्दै उनले प्रश्न गरे । निरङ्कुश भनिएको राजतन्त्रको बेलामा उफ्रिउफ्री विरोध र सभाहरु गर्ने नेता आज सत्तामा पुगेपछि आफैं निरङ्कुश बनेको उनले बताए ।

प्रधानमन्त्री र प्रधानमन्त्रीको दलले व्यस्त सडकमै मञ्च बनाएर कार्यक्रम गर्ने छुट पाएपनि आम नागरिकले विरोध गर्ने ठाउँ कहीँ कतै नपाएको उनले बताए । पूर्वमन्त्रीसमेत रहेका साहले सरकारले जनतालाई रून, हाँस्नसमेत नदिएको टिप्पणी गरे । ‘ठूला–ठूला नेता, प्रधानमन्त्रीज्यूहरुले सडकमै मञ्च लगाउनुहुन्छ । व्यवस्त सडकमा मञ्च बनाउनुहुन्छ, त्यो आम जनताले पाउँछ कि पाउँदैन । जो शासक छ, उही सडकमा सभा गर्छ । जनताले कहाँ सभा गर्ने ? कुनै ठाउँ दिँदैन । अरु पनि देशमा लोकतन्त्र छ, लोकतान्त्रिक व्यवस्था छ । सबै देशहरुमा सभा सम्मेलन गर्ने ठाउँ दिइएको हुन्छ । हिजो राजतन्त्र हुँदा सभा सम्मेलन गर्ने ठाउँ खुल्ला थिए । त्यतिबेला निरङ्कुश राजा भन्नेहरु आजको सिस्टमलाई के भन्ने ? आजको सिस्टमलाई लोकतन्त्र भन्ने ? जनतालाई रुन पनि नदिने, हाँस्न पनि नदिने ?’ प्रश्न गर्दै उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP