आइतबार , भाद्र १४, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले गिरीबन्धु टी स्टेटको विषय सदन र सदनबाहिर लगातार उठाइरहेको बताएका छन् । आज (मंगलबार) कर्णाली प्रदेशको सुर्खेतमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले गिरीबन्धुका बारेमा आफूले लगातार विषय उठान गरिरहेको र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले पनि उक्त कुरा उठान गरेर धेरै राम्रो गरेको बताए ।

ृउनले भने, ‘गिरीबन्धुको कुरा मैले लगातार सदनमा पनि उठाइराखेको छु । बाहिर पनि उठाइराखेको छु । बालेनजीले पनि उठाउनुभयो भने त्यो राम्रो कुरा भयो । हामी सबै मिलेर त्यसको प्रतिवाद गर्ने कुरा हो ।’

साथै, गिरीबन्धुको सन्दर्भमा सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन नगरेको विषयमा पुनः रिट परेको बताउँदै प्रचण्डले त्यस सम्बन्धमा सही निर्णय आउने विश्वास व्यक्त गरे । ‘अदालतले फैसला गरिसकेको छु । त्यो फैसला कार्यान्वयन नगरेकोमा फेरि अहिले मुद्दा परेको छु । त्यो मुद्दामा मलाई लाग्छ अदालतले सही नै फैसला गर्छ भन्ने मैले ठानेको छु । हामी धेरैको कुरा मिलेको छ यो विषय हामी उठाइनै राख्छौं,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP