सोमबार , असार १५, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली एमालेको नेतृत्वमा रहँदासम्म नेपालमा वामपन्थी एकता सम्भव नरहेको बताएका छन् । आज (सोमबार) जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । पहिला निकै जोखिम मोलेर माअ‍ोवादी केन्द्र र एमालेबीच एकता भएको उनले स्मरण गराए । अध्यक्ष प्रचण्डले तत्कालीन नेकपालाई जनताले मन पराएको र भोट पनि दिएको बताए ।

‘वामपन्थी एकताको लागि भनेर धेरै ठूलो जोखिम उठाएर पहिला पनि हामीले पार्टी एकता गरेकै हो । चुनाव सँगै मिलेर लडेको पनि हो, जनताले साथ दिएको पनि हो । तर, एमालेको नेतृत्वमा केपीजी रहँदासम्म नेपालमा कम्युनिष्ट एकता, वामपन्थी एकता हुने स्थिति छैन,’– उनले भने ।

साथै, माओवादीको ध्यान अहिले सरकारतिर नरहेको उनको दाबी छ । अध्यक्ष प्रचण्डले माओवादी अहिले संगठन विस्तारको अभियानमा रहेको बताए । उनले भने, ‘अहिले हाम्रो सरकारमा ध्यान छैन । हामी जनतामा जाने, जागरण ल्याउने, नयाँ किसिमले पार्टी विस्तार गर्ने अभियानमा छौं । यो अभियान हाम्रो लागि, देशको लागि जरुरी भएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP