शनिबार , भाद्र १३, २०८३

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री एनपी साउदले अध्यादेशबाट शासन चलाउन खोज्नु गलत रहेको बताएका छन् । आज (सोमबार) गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसको मूल्य, मान्यता र पद्धति अध्यादेशबाट शासन गर्ने नभएको बताए ।

साथै, कांग्रेसलाई दुई दलीय शासन व्यवस्था र राष्ट्रपतीय शासन पद्धति स्वीकार्य नरहेको उनले बताए । ‘हाम्रो मूल्य, पद्धति भनेको अध्यादेशको माध्यमबाट मात्रै शासन चलाउने होईन, अध्यादेशको माध्यमबाट सुशासन दिने होईन । हाम्रो मूल्य, पद्धति भनेको दुईवटा अधिवेशनको बीचमा अत्यन्तै जरुरी परे अध्यादेश ल्याउने, तर सामान्य अवस्थामा कानुनको निर्माण गर्ने अन्तिम थलो संसद्बाट भएको हुनाले संसद्बाट नै नियम, कानुन बनाउनुपर्छ,’– नेता साउदले भने ।

पार्टीका केही जिम्मेवार साथीहरुले आर्थिक प्रगति र सुशासनको लागि अध्यादेश ल्याएको भन्दै बचाउ गर्ने गरेको पनि उनले सुनाए । तर, सुशासन र आर्थिक प्रगतिको लागि अध्यादेश नभएर संसद्बाट नियमित प्रक्रियामा कानुन नै बनाइनुपर्ने उनको भनाइ छ । ‘केही महत्वपूर्ण जिम्मेवारीमा भएका साथीहरुले बोलेको सुन्छौं, आर्थिक प्रगति गर्न अध्यादेश ल्याएका हौं, सुशासन दिन अध्यादेश ल्याएका हौं ? सुशासन दिन र आर्थिक प्रगति गर्नका लागि त कानुन नै बनाउन राम्रो हुन्छ । कानुकै बाटोबाट त्यहाँ पुग्न सकिन्छ,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP