आइतबार , भाद्र १४, २०८३

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले कांग्रेसका कोही पनि भ्रष्ट नेताहरु नपक्रिने शर्तका साथ वर्तमान सरकार बनेको दाबी गरेका छन् । आज (शनिबार) पार्टीको प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेसका कोही पनि भ्रष्ट नपक्रिने शर्त पालना गरेकै कारण शेरबहादुर देउवाले अहिले दिनदिनै ओलीजीले राम्रो गर्नुभएको छ भनिरहेको उनले बताए ।

देखाउनका लागि ओली नेतृत्वको सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित आफ्नै केही नेताहरु पक्रिए पनि कांग्रेसलाई नछुने उनको दाबी छ । ‘ओलीजीले दिनदिनै राम्रो काम गर्नुभएको छ भन्नुहुन्छ हाम्रो देउवाजीले । किनभने कांग्रेसका कोही पनि भ्रष्टहरु नपक्रिने कुराको ग्यारेन्टी छ । यतिबाहेक केही छैन । यो चाहीँ ओलीजीले ग्यारेन्टी गर्नु भएको छ । कांग्रेस चाहीँ उहाँले छुनुहुन्न,’– उनले भने ।

साथै, एमाले र कांग्रेसको वर्तमान गठबन्धनले कुनै निकास नदिने उनको दाबी छ । नेकपाकै सरकार हुँदा पनि ओली इमानदार नभएको बताउँदै उनले यो सरकार बसुन्जेल नालायकी बनिरहने र दमनकारी भएर जाने उनको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP