आइतबार , जेठ २६, २०८२

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले कांग्रेसका कोही पनि भ्रष्ट नेताहरु नपक्रिने शर्तका साथ वर्तमान सरकार बनेको दाबी गरेका छन् । आज (शनिबार) पार्टीको प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेसका कोही पनि भ्रष्ट नपक्रिने शर्त पालना गरेकै कारण शेरबहादुर देउवाले अहिले दिनदिनै ओलीजीले राम्रो गर्नुभएको छ भनिरहेको उनले बताए ।

देखाउनका लागि ओली नेतृत्वको सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित आफ्नै केही नेताहरु पक्रिए पनि कांग्रेसलाई नछुने उनको दाबी छ । ‘ओलीजीले दिनदिनै राम्रो काम गर्नुभएको छ भन्नुहुन्छ हाम्रो देउवाजीले । किनभने कांग्रेसका कोही पनि भ्रष्टहरु नपक्रिने कुराको ग्यारेन्टी छ । यतिबाहेक केही छैन । यो चाहीँ ओलीजीले ग्यारेन्टी गर्नु भएको छ । कांग्रेस चाहीँ उहाँले छुनुहुन्न,’– उनले भने ।

साथै, एमाले र कांग्रेसको वर्तमान गठबन्धनले कुनै निकास नदिने उनको दाबी छ । नेकपाकै सरकार हुँदा पनि ओली इमानदार नभएको बताउँदै उनले यो सरकार बसुन्जेल नालायकी बनिरहने र दमनकारी भएर जाने उनको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP