शनिबार , भाद्र १३, २०८३

नेकपा (एमाले) का नेता महेश बस्नेतले जनमत पार्टीका अध्यक्ष सिके राउतले नै मधेश प्रदेशको मुख्यमन्त्री फेर्न चाहेको बताएका छन् । मधेशमा जनमत पार्टीको नेतृत्वमा प्रदेश सरकार रहेको छ । सतिश कुमार सिंह जनमतको तर्फबाट अहिले मुख्यमन्त्री छन् । सतिशको भूमिका विवादास्पद देखिएको कारण राउतले उनलाई मुख्यमन्त्रीबाट हटाउन चाहेको नेता बस्नेतले बताए ।

सतिसले विभिन्न विद्रोही शक्तिहरुसँग मिलेर संविधान संशोधनको विरुद्धमा अभियान चलाउने भूमिका खेलेको, जनमत छाडेर महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टीतिर जाने खोजेको कारण सिके राउतले उनलाई हटाउन खोजेको नेता बस्नेतको दाबी छ ।

‘अहिलेका मुख्यमन्त्री चाहीँ त्यति सफल हुनुभएन भन्ने कुरा आइरहेको छ । अहिलेका मुख्यमन्त्रीले मधेशका विभिन्न विद्रोही शक्तिहरुलाई समेटेर संविधान संशोधनविरुद्ध अभियान चलाउने भूमिका खेल्नुभएको छ भन्ने कुरा पनि आइरहेको छ । उहाँले सिके राउतको पार्टी छाडेर महन्थ ठाकुरको पार्टीमा जाँदै हुनुहुन्छ भन्ने कुरा पनि आएको छ । धेरै कुरा आएको, उहाँको छवि विवादित भइरहेको र सिके राउतले पनि उहाँलाई फेर्न चाहिरहेको बेलामा दलहरुको बीचमा समझदारी बनाएर फेर्न कुरा हो,’– उनले भने ।

मधेशमा अहिलेको आवश्यकताअनुसार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्वमा सरकार बन्नसक्ने उनको संकेत छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP