सोमबार , असार १५, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन जिल्ला अदालतमा धरौटीवापत बैंक ग्यारेन्टी बुझाएका छन् । न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । अदालतको आदेशबमोजिमको बैंक ग्यारेन्टी बुझाएर लामिछाने हिरासत मुक्त भएका छन् ।

चितवनका सहारा सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने हिजो आफैं अदालतमा उपस्थित भएका थिए । हिजो नै लामिछानेको बयान सकिएर थुनछेक बहस भएको थियो । हिजो थुनछेक बहस नसकिएपछि लामिछानेलाई अदालतले न्यायिक हिरासतमा पठाएको थियो ।

बैंक ग्यारेन्टी बुझाएर हिरासतमुक्त भएका लामिछानेले चितवनबाट आफूलाई न्याय नहुने भन्ने प्रश्न नै नरहेको बताए । चितवनबासीहरुले आफ्नो न्यायको लागि बारम्बार लडिदिएको पनि उनले स्मरण गरे । लामिछानेले जालझेलपूर्ण ढंगले आफ्नो सांसद् पद निलम्बन गरिएको पनि बताए ।

‘चितवनबासीले दुई÷दुई पटक मलाई निर्वाचित गरेर पठाइसक्दाखेरी जालझेलपूर्ण ढंगले मेरो सांसद पदलाई निलम्बन गरिएको छ । म तमाम चितवनबासी आमाबुबा, दाजुभाइ दिदीबहिनीहरुलाई के भन्न चाहन्छु भने यो एउटा प्रश्रव पीडा हो । बच्चा जन्मिनुभन्दा पहिला ठूलो प्रश्रवपीडाबाट आमाहरु गुज्रिनुपर्ने हुन्छ । त्यसैगरी चितवनले परिवर्तन जन्माउन खोजेको छ,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP