शुक्रबार , बैसाख ५, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन जिल्ला अदालतमा धरौटीवापत बैंक ग्यारेन्टी बुझाएका छन् । न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । अदालतको आदेशबमोजिमको बैंक ग्यारेन्टी बुझाएर लामिछाने हिरासत मुक्त भएका छन् ।

चितवनका सहारा सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने हिजो आफैं अदालतमा उपस्थित भएका थिए । हिजो नै लामिछानेको बयान सकिएर थुनछेक बहस भएको थियो । हिजो थुनछेक बहस नसकिएपछि लामिछानेलाई अदालतले न्यायिक हिरासतमा पठाएको थियो ।

बैंक ग्यारेन्टी बुझाएर हिरासतमुक्त भएका लामिछानेले चितवनबाट आफूलाई न्याय नहुने भन्ने प्रश्न नै नरहेको बताए । चितवनबासीहरुले आफ्नो न्यायको लागि बारम्बार लडिदिएको पनि उनले स्मरण गरे । लामिछानेले जालझेलपूर्ण ढंगले आफ्नो सांसद् पद निलम्बन गरिएको पनि बताए ।

‘चितवनबासीले दुई÷दुई पटक मलाई निर्वाचित गरेर पठाइसक्दाखेरी जालझेलपूर्ण ढंगले मेरो सांसद पदलाई निलम्बन गरिएको छ । म तमाम चितवनबासी आमाबुबा, दाजुभाइ दिदीबहिनीहरुलाई के भन्न चाहन्छु भने यो एउटा प्रश्रव पीडा हो । बच्चा जन्मिनुभन्दा पहिला ठूलो प्रश्रवपीडाबाट आमाहरु गुज्रिनुपर्ने हुन्छ । त्यसैगरी चितवनले परिवर्तन जन्माउन खोजेको छ,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP