सोमबार , असार १५, २०८३

प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार गणितबाट नचल्ने भन्दै चेतावनी दिएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संवाद गर्दै उनले संसद्मा बहुमत भएपनि बंगलादेशमा शेख हसिनाले सरकार टिकाउन नसकेको बताए । उनले जनताको सहयोगबाट मात्रै सरकार टिक्ने बताए ।

‘जनताको सहयोगबाट, जनताको पर्सेप्सनबाट सरकार चल्ने हो । गणितले सरकार चल्दैन । गणित त बंगलादेशमा पनि दुई तिहाइ थियो । शेख हसिनाको संसद्मा दुई तिहाइ गणित थियो नि । दुई तिहाइको गणितले शेख हसिनालाई टिकाउन सकेन । प्रधानमन्त्री के देशमै टिकाउन सकेन । जनताको दिनचार्य एकदम गाह्रो भइरहेको छ, युवाहरु पलायन भइरहेका छन्, रोजगारी पाइराखेका छैनन्, न्याय पाइराखेका छैनन् । जो दलमा लागेको छ, उसले जे लुटेपनि छुट । यो दलको नाममा जुन छुट छ, त्यो लामो चल्दैन,’– उनले भने ।

साथै, सामाजिक सञ्जाल नियमणसम्बन्धी विधेयकको विरोध गरिने पनि उनले बताए । २१औं शताब्दीमा नियमनको नाममा सामाजिक सञ्जालमा नियन्त्रण गर्न नसकिने उनको भनाइ छ । ‘सामाजिक सञ्जाल नियन्त्रण गर्ने विधेयकको विरुद्धमा हामी मतदान गर्छौं । सामाजिक सञ्जाल अहिलेको जमानामा नियन्त्रण गर्न मिल्दैन । नियमनको नाममा नियन्त्रण गर्न खोजिएको छ,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP