मंगलबार , बैसाख २९, २०८३

सत्तारुढ दल नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले माधव नेपालको आडमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो गतिविधि गरेपनि स्वयं माओवादी पार्टीनै फुट्ने अवस्थामा आइपुगेको दाबी गरेका छन् ।

शनिबारबाट राजधानीमा सुरु भएको एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका बस्नेतले माओवादी र नेकपा एकीकृत समाजवादी दुवै दल फुटको संघारमा पुगेको दाबी गरेका छन् । उनले माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको नेतृत्वपमा १५-१६ जना सांसदले विद्रोहको तयारी गरिरहेको दाबी गरे ।

उनले भने ‘तपाईं माधव नेपालको आडमा यो कुरा गर्दै हुनुहुन्छ । तपाईंकै पार्टीका जनार्दन शर्मालगायत क्रान्तिकारी साथीहरुलाई तपाईं सम्झाउन सक्नुहुन्छ । तपाईंका पार्टीका १५-१६ सांसदले विद्रोह गर्ने स्थिति बन्दैछ । माधव नेपालको पार्टी हो कि क्लब हो। तपाईंका पार्टीका ७ सांसद हात उठाएर पार्टी छाड्न तयार भइसकेका छन्’ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP