आइतबार , बैसाख ७, २०८२

सत्तारुढ दल नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले माधव नेपालको आडमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो गतिविधि गरेपनि स्वयं माओवादी पार्टीनै फुट्ने अवस्थामा आइपुगेको दाबी गरेका छन् ।

शनिबारबाट राजधानीमा सुरु भएको एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका बस्नेतले माओवादी र नेकपा एकीकृत समाजवादी दुवै दल फुटको संघारमा पुगेको दाबी गरेका छन् । उनले माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको नेतृत्वपमा १५-१६ जना सांसदले विद्रोहको तयारी गरिरहेको दाबी गरे ।

उनले भने ‘तपाईं माधव नेपालको आडमा यो कुरा गर्दै हुनुहुन्छ । तपाईंकै पार्टीका जनार्दन शर्मालगायत क्रान्तिकारी साथीहरुलाई तपाईं सम्झाउन सक्नुहुन्छ । तपाईंका पार्टीका १५-१६ सांसदले विद्रोह गर्ने स्थिति बन्दैछ । माधव नेपालको पार्टी हो कि क्लब हो। तपाईंका पार्टीका ७ सांसद हात उठाएर पार्टी छाड्न तयार भइसकेका छन्’ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP