आइतबार , बैसाख ७, २०८२

दुई दिनदेखि जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध फरक मत ल्याएका महामन्त्री डा धवलशमसेर राणाको चर्को आलोचना भएको छ ।

शुक्रबारको केन्द्रीय समिति बैठकमा लिङ्देनको राजनीतिक प्रतिवेदनलाई टक्कर दिँदै महामत्री जबराले १६ बुँदे फरक मत ल्याएका थिए । जबराले अध्यक्ष लिङ्देनको कार्यशैलीका कारण राप्रपाको अवस्था खस्किएको भन्दै प्रतिवेदन ल्याएपछि आजको बैठकमा संस्थापन पक्षले आलोचना गरेको हो ।

बैठकमा संस्थापन निकट मानिने सहमहामन्त्री धनबहादुर बुढाले एमालेबाट राप्रपामा आएका महामन्त्री जबराले लिङ्देनको निष्ठा र इमान्दारितामाथि प्रश्न उठाएको भन्दै आपत्ति जनाएका थिए ।

‘महामन्त्रीज्यू कुनै बेला एमाले पार्टीमा हुनुहुन्थ्यो, एमाले राजसंस्थावादी पार्टी हो ?पार्टीका नेताहरू पशुपतिशम्शेर राणा, प्रकाशचन्द्र लोहनी, लोकेन्द्रबहादुर चन्दजस्ता नेता गणतन्त्रका पक्षमा उभिँदासमेत आफ्नो निष्ठा नछाड्ने अध्यक्षलाई निष्ठा र इमान्दारीको प्रश्न गर्न मिल्छ ?’ बुढाले प्रश्न गर्दै भने ।

अर्का केन्द्रीय सदस्य उद्धवराज भेटवालले दुष्कर्मको संज्ञा दिएको भन्ने शब्द फिर्ता लिएर युवाहरूसमक्ष माफी माग्न महामन्त्री राणालाई अनुरोध गरेका थिए । ‘पार्टीमा आएका युवालाई तिरस्कार गर्ने तर, पार्टीको सिद्धान्त र संगठन छाडेर अर्को पार्टीका चिह्नमा चुनाव लड्न जाने नेताचाहिं चाहिने ?’ उनको प्रश्न थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP