शनिबार , भाद्र १३, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार नै अवैध भएकोले सरकार नटिक्ने दाबी गरेका छन् ।

उनले अब माओवादीले कांग्रेस र एमालेजस्ता भ्रष्टाचारीहरुसँग समिकरण नगर्ने टिप्पणी गरे । आज (बिहीबार) बाँकेको खजुरा गाउँपालिकाको तेस्रो अधिवेशन तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूले २० महिना सरकारको नेतृत्व गर्दा मुलुकमा सुशासनको युग सुरु भएको स्मरण गराए । अब माओवादीलाई ०६४ कै अवस्थामा पुर्याए देशमा भ्रष्टाचारीहरुको जरोकिलो उखेल्ने उद्घोष गरे ।

उनले भने,‘अहिले हाम्रो ३२ सिट हुँदा त भ्रष्टाचारविरुद्ध सशक्त लडेका छौँ । २०६४ मा जस्तै २०८४ मा पनि बहुमत दिनुभयो भने नेपालबाट भ्रष्टाचारको जरो किलो उखेलिनेछ । फेरि एक पटक नयाँ लडाइ लड्नुछ । त्यसका लागि तपाईँले साथ दिनुपर्नेछ । माओवादी आफ्नै खुट्टा, आफ्नै एजेन्डामा उभिने छ । भ्रष्टाचारीसँग समीकरण गरिँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP