शनिबार , बैसाख ६, २०८२

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार नै अवैध भएकोले सरकार नटिक्ने दाबी गरेका छन् ।

उनले अब माओवादीले कांग्रेस र एमालेजस्ता भ्रष्टाचारीहरुसँग समिकरण नगर्ने टिप्पणी गरे । आज (बिहीबार) बाँकेको खजुरा गाउँपालिकाको तेस्रो अधिवेशन तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूले २० महिना सरकारको नेतृत्व गर्दा मुलुकमा सुशासनको युग सुरु भएको स्मरण गराए । अब माओवादीलाई ०६४ कै अवस्थामा पुर्याए देशमा भ्रष्टाचारीहरुको जरोकिलो उखेल्ने उद्घोष गरे ।

उनले भने,‘अहिले हाम्रो ३२ सिट हुँदा त भ्रष्टाचारविरुद्ध सशक्त लडेका छौँ । २०६४ मा जस्तै २०८४ मा पनि बहुमत दिनुभयो भने नेपालबाट भ्रष्टाचारको जरो किलो उखेलिनेछ । फेरि एक पटक नयाँ लडाइ लड्नुछ । त्यसका लागि तपाईँले साथ दिनुपर्नेछ । माओवादी आफ्नै खुट्टा, आफ्नै एजेन्डामा उभिने छ । भ्रष्टाचारीसँग समीकरण गरिँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP