आइतबार , भाद्र १४, २०८३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) राम्रो रहेको कुरा जनताले विस्तारै बुझ्दै गएको बताएका छन् । आज (बुधबार) पार्टीको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीलाई सम्बोधन गर्दै देउवाले एमसीसी राम्रो रहेको कुरा नागरिकले अहिले बुझिरहेको बताएका हुन् ।

एमसिसी पास गराउन धेरै गाह्रो भएको स्मरण गर्दै उनले अहिले आम नागरिकले सही रहेछ भन्नेकुरा बुझेको बताए । ‘धेरै ठूलो विरोध भयो । संसद्बाट पास गराउन धेरै गाह्रो परेको थियो । अहिले आएर सबैलाई थाहा भयो कि यो त साँच्चै राम्रो रहेछ भनेर । नेपाललाई फाइदा नै गरेको छ, हानी गरेको छैन । अनुदानमा आएको हो, ऋणमा आएको होईन । त्यसैले अहिले यसले फाइदा गरेको छ, राम्रो गरेको छ,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP