शनिबार , बैसाख ६, २०८२

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीलगायतको विरुद्ध मुद्दा दायर गर्ने अन्तिम तयारी गरेको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसहितका प्रतिवादीविरुद्ध भोलि पुरक अभियोग दायर गर्ने जिल्ला सरकारी वकिल कार्यालयको तयारी रहेको छ ।

आज (बिहीबार) १७ जनाविरुद्ध थप अभियोग पत्र दायर भएको छ । गितेन्द्रबाबु राईसहित २८ जनाविरुद्ध यसअघि नै अभियोग दायर भइसकेको थियो । आजको थप अभियोगमा प्रतिवादी जिबी राईसहित १७ जनाविरुद्ध संगठित अपराधको कसुर पनि समावेश गरिएको छ ।

पहिले नै मुद्दा दायर भइसकेकाहरुको कसुरमा आज थप कसुर र विगो थप गरेर अभियोग लगिएको र पुरक अभियोग भने भोलि दर्ता हुने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछाने र जोशीलाई सहकारी ठगी र संगठित अपराधमा मुद्दा दायर गर्ने तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP