शनिबार , बैसाख ६, २०८२

संसद्मा रहेका विभिन्न ६ दलले कांग्रेस-एमाले नेतृत्वको वर्तमान गठबन्धनले सरकार सञ्चालनको नैतिक आधार गुमाइसकेको दाबी गरेका छन् । भोलि (शुक्रबार) विपक्षी गठबन्धनमा रहेका दलहरुले संयुक्त वक्तव्य जारी गर्दैछन् । त्यसको लागि तयार पारिएको वक्तव्यको मस्यौदामा सरकार सञ्चालनको लागि अहिलेको गठबन्धनले नैतिक आधार गुमाएको निश्कर्ष निकालिएको छ ।

आजपाका अध्यक्ष प्रभु साह, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संयुक्त हस्ताक्षरसहित जारी गर्ने उक्त वक्तव्यमा अहिलेको सरकार बहुमतको दम्भमा एकपछि अर्को जनविरोधी कदम चाल्न उद्धत रहेको निश्कर्ष निकालिएको छ ।

विपक्षी दलहरुले सरकारले हालै ल्याएका विभिन्न अध्यादेश खारेजीको मागसमेत गरेका छन् । अहिलेको सरकारले भ्रष्टाचारविरोधी अभियानलाई पूरै अवरुद्ध गरेको पनि विपक्षी दलहरुको आरोप छ । सरकारले तत्काल हिउँदे अधिवेशको आह्वानको प्रक्रिया थालनी नगरे विशेष अधिवेशन लागि एकढिक्का भएर अघि बढ्ने पनि उनीहरुको घोषणा छ ।
@FILEPHOTO

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP