आइतबार , बैसाख ७, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पूर्ण सहमति रहेको बताएका छन् । आज (बुधबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अध्यादेशको एउटा शब्दमा पनि देउवाको विमति नरहेको बताएका हुन् । उनले शीर्ष नेतृत्व तह, ब्यूरोक्रेशीको शीर्ष नेतृत्व र विज्ञहरुसमेतको सल्लाह, राय, परामर्शपछि अध्यादेश ल्याइएको बताए ।

‘सरकारमा रहेका दलहरुको एकता, यसबाट सुदृढ ढंगबाट प्रस्तुत भएको छ । एउटा अक्षरमा कतै पनि असहमति कहीँपनि छैन । पूर्ण सहमतिका साथ यी अध्यादेशहरु आएका छन्,’– उनले भने ।

उद्यमी व्यवसायीहरु समेतको समस्यासमेत सुनेर ती समस्याहरुको समाधान गर्नका लागि अध्यादेश ल्याइएको प्रधानमन्त्री ओलीले बताए । धेरै सावधानी र मेहनतका साथ अध्यादेश तयार गरिएर मन्त्रिपरिषद्ले पारित गरेको उनले सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP