सोमबार , असार १५, २०८३

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइको लागि थप पहल गरिदिन आग्रह गरेकी छन् । आज (मङ्गलबार) बिहान कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँगको फोनवार्तामा परराष्ट्रमन्त्री देउवाले विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेकी हुन् ।

कुराकानीका क्रममा कतारका मन्त्री डा. खुलाइफीले हमासहरुको अपहरणमा रहेकाहरुको मुक्तिका लागि पहल गरिरहेको बताइएको छ ।

७ अक्टोबर २०२३ मा दक्षिणी ईजरायलको किब्बुज–अलुमिममा हमास समूहले आक्रमण गरी नेपाली विद्यार्थी विपिनलगायतलाई बन्धक बनाएर गाजातर्फ लगेको थियो । त्यसयता विपिनको बारेमा आधिकारिक कुनै खबर आएको छैन ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा अध्ययनरत जोशी ‘लर्न एण्ड अर्न’कार्यक्रमअन्तर्गत इजरायल गएका थिए। सुदूरपश्चिम विश्वविद्यालयबाट उनीसहित ४९ विद्यार्थी त्यहाँ गएका थिए। हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP