आइतबार , जेठ २६, २०८२

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइको लागि थप पहल गरिदिन आग्रह गरेकी छन् । आज (मङ्गलबार) बिहान कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँगको फोनवार्तामा परराष्ट्रमन्त्री देउवाले विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेकी हुन् ।

कुराकानीका क्रममा कतारका मन्त्री डा. खुलाइफीले हमासहरुको अपहरणमा रहेकाहरुको मुक्तिका लागि पहल गरिरहेको बताइएको छ ।

७ अक्टोबर २०२३ मा दक्षिणी ईजरायलको किब्बुज–अलुमिममा हमास समूहले आक्रमण गरी नेपाली विद्यार्थी विपिनलगायतलाई बन्धक बनाएर गाजातर्फ लगेको थियो । त्यसयता विपिनको बारेमा आधिकारिक कुनै खबर आएको छैन ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा अध्ययनरत जोशी ‘लर्न एण्ड अर्न’कार्यक्रमअन्तर्गत इजरायल गएका थिए। सुदूरपश्चिम विश्वविद्यालयबाट उनीसहित ४९ विद्यार्थी त्यहाँ गएका थिए। हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP