सोमबार , असार १५, २०८३

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्ने अन्तिम तयारी गरेका भनिएका वामदेव गौतम एकाएक एमाले र माओवादी केन्द्रसँग एकताको लागि वार्तामा बस्ने भएका छन् । त्यसको लागि गौतमले आफ्नै नेतृत्वमा वार्ता कमिटी गठन गरेका छन् ।

माधव नेपालले संगठन विभागको प्रमुख नबनाएको भन्दै गौतम तत्काल एकीकृत समाजवादीमा प्रवेश गर्न हच्किएका थिए । हिजो (शनिबार) बसेको अभियानको बैठकले एमाले र माओवादी केन्द्रसँग वार्ता गर्नको लागि गौतमको नेतृत्वमा ६ सदस्यीय वार्ता कमिटी गठन गरेको छ ।

नेकपा विभाजन भएपछि उनले एकता अभियान चलाएका थिए । राष्ट्रिय सभा सदस्यसमेत रहेका गौतमले बलियो कम्युनिष्ट पार्टी निर्माण नगरी विश्राम नलिने अठोट लिएका छन् । उनी आक्रामक र खरो अभिव्यक्तिको कारण बेलाबेलामा विवाद र चर्चामा आउने नेताको रुपमा चिनिने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP