आइतबार , बैसाख ७, २०८२

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्ने अन्तिम तयारी गरेका भनिएका वामदेव गौतम एकाएक एमाले र माओवादी केन्द्रसँग एकताको लागि वार्तामा बस्ने भएका छन् । त्यसको लागि गौतमले आफ्नै नेतृत्वमा वार्ता कमिटी गठन गरेका छन् ।

माधव नेपालले संगठन विभागको प्रमुख नबनाएको भन्दै गौतम तत्काल एकीकृत समाजवादीमा प्रवेश गर्न हच्किएका थिए । हिजो (शनिबार) बसेको अभियानको बैठकले एमाले र माओवादी केन्द्रसँग वार्ता गर्नको लागि गौतमको नेतृत्वमा ६ सदस्यीय वार्ता कमिटी गठन गरेको छ ।

नेकपा विभाजन भएपछि उनले एकता अभियान चलाएका थिए । राष्ट्रिय सभा सदस्यसमेत रहेका गौतमले बलियो कम्युनिष्ट पार्टी निर्माण नगरी विश्राम नलिने अठोट लिएका छन् । उनी आक्रामक र खरो अभिव्यक्तिको कारण बेलाबेलामा विवाद र चर्चामा आउने नेताको रुपमा चिनिने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP