आइतबार , भाद्र १४, २०८३

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्पष्टीकरणको जवाफ बुझाएका छन् । ऊर्जा, जलस्रो तथा सिँचाइ मन्त्रालयले उनलाई ९ बुँदे स्पष्टीकरण सोधेको थियो । उक्त स्पष्टीकरणमा कुलमानले आफूले कार्यसम्पादनमा पनि उच्च अङ्क प्राप्त गरेको र सरकारले ४ वर्षका लागि भनेर नियुक्ति गरेको भन्दै अहिले हटाउन नमिल्ने जिकिर गरेका छन् ।

‘तपाईको कार्यसम्पादन मूल्यांकन नै गर्न नसकिने अवस्था सिर्जना भएकाले सोही दफा बमोजिम तपाईको नियुक्ति किन अन्त्य नगर्ने ?’ भनी मन्त्रालयले उनलाई सात दिनको समय दिएर स्पष्टीकरण सोधेको थियो ।

डेडिकेटेड ट्रंक लाइन विद्युत महशुल विवाद समाधान गर्नुको सट्टा नोट अफ डिसेन्ट लेखेको, कार्यसम्पादनसम्बन्धी विवरण नबुझाएको, मन्त्रालयले माग गरेको विवरणमा सत्यतथ्य लुकाई वस्तुनिष्ठ, यथार्थपरक जवाफ नपठाई केवल औपचारिकता मात्र निर्वाह गर्ने ढंगको असन्तुलित जवाफ र असम्बन्धित कागजात र विवरण पठाएकोलगायतका आरोपमा कुलमानलाई स्पष्टीकरण सोधिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP