आइतबार , बैसाख ७, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले साना दललक्षित गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले आपत्ति जनाएको छ । जसपा नेपालका प्रवक्ता मनिष सुमनले उक्त दल विभाजनसम्बन्धी अध्यादेशले आफूहरुलाई कुनै असर नगर्ने भएपनि सरकारको कदम घातक हुने बताए ।

उक्त अध्यादेश ल्याएमा सरकारलाई पाप लाग्ने उनको टिप्पणी छ । ‘त्यो अध्यादेशले हामीलाई कुनै असर त गर्दैन । तर, त्यो अध्यादेश ल्याउनु पाप हुनेछ । सरकारलाई पाप लाग्ने छ,’– उनले भने ।

साथै, प्रधानमन्त्री बनेरमात्रै ओलीको सबै चाहना पूरा नहुने उनले बताए । उनले ओलीको सबै चाहना पूरा हुन राजा बन्नका लागि सुझाव दिए । ‘प्रधानमन्त्रीको चाहना छ के–के न छ । त्यो सबै चाहना पूरा गर्नलाई राजा हुनुपर्छ, प्रधानमन्त्रीमात्रै भएर हुँदैन । राजै भइदिए भैहाल्छ नि जंगबहादुर,’– उनले भने ।

साथै, संविधान संशोधनको चर्चा चलिरहेको अवस्थामा प्रधानमन्त्री ओली नै पछाडि हट्न खोजेको उनको आरोप छ । उनले व्यङ्ग्य गर्दैै प्रधानमन्त्री ओलीलाई दीर्घ जीवनको शुभकामनासमेत दिए । संविधान संशोधनको एजेण्डाबाट प्रधानमन्त्री ओली पछाडि हट्दा सत्तारुढ दल नेपाली कांग्रेसले पनि दह्रो तरिकाले बोल्न नसकेको उनले बताए ।

‘संविधान संशोधनको चर्चा चलिरहेको छ । प्रधानमन्त्रीजीले अब २०८७ सम्म हामी गर्दै गर्दैनौं भने । उनको दीर्घ जीवनको लागि शुभकामना छ । २०८७ सम्म किन रोक्नु भएको छ संविधान संशोधन ? संविधान संशोधन सबैभन्दा अपरिहार्य चिज हो । त्यो संविधान संशोधनका लागि सम्झौता गरेको नेपाली कांग्रेसपनि दह्रो तरिकाले बोल्दैन । तिनका एक दुई नेताहरु सामाजिक सञ्जालमा बोल्छन् । तर, संविधान संशोधनबाट सरकार पन्छियो । किन पन्छियो भन्ने कुराको जवाफ दिँदैन,’– उनले भने ।

संविधान संशोधन हुँदै गर्दापनि फरक विचार राख्ने पार्टीहरुको धारणा समान हुनुपर्ने उनले बताए । मधेशवादी दलहरुले संविधान संशोधनबारे समान धारणा बनाउन नै सहकार्यको प्रस्ताव गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP