मंगलबार , बैसाख २९, २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको टिप्पणी गरेका छन् । आज (शनिबार) राप्रपाले आयोजना गरेको चियापान समारोहमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको र यसले प्रजातन्त र बहुदलीय व्यवस्थासमेत मास्न चाहिरहेको बताएका हुन् ।

सरकारले पछिल्लो समय ल्याइरहेको विधेयकमा केन्द्रीत हुँदै अध्यक्ष लिङ्देनले भने, ‘यो सरकार सर्वसत्तावादतर्फ गइराखेको छ । नियमित रुपमा बोलाउनुपर्ने संसद् नबोलाएर देश अध्यादेशको बाटोमा लैजानुभनेको यो सरकारको नियत के हो भन्ने कुरा यसैबाट प्रष्ट हुन्छ । यो सरकार प्रजातन्त्र र बहुदलीय व्यवस्थासमेत मास्न चाहन्छ । यसको हामीले सशक्त प्रतिवाद गर्छौं ।’

त्यस्तै, फरक प्रसंगमा उनले एकअर्काको शर्त मिलेको र विश्वासको वातावरण सिर्जना भएको खण्डमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग एकता हुने बताए । उक्त चियापान समारोहमा राप्रपा नेपालका अध्यक्ष कमल थापापनि सहभागी भए । राप्रपाका अध्यक्ष लिङ्देनले भने, ‘सधै सम्भावना छदै छ नि । कुरा मिल्यो, शर्तहरु मिले, एकअर्कामा विश्वासको वातावरण सिर्जना भयो भने जुनसुकै बेला मिल्न सकिन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP