शनिबार , भाद्र १३, २०८३

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने भएको छ । आज (शुक्रबार) साँझ बस्ने मन्त्रिपरिषद्को बैठकमा दल विभाजनसम्बन्धी अध्यादेश ल्याईने भएको हो । अध्यादेश ल्याउनुअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष परामर्श गरेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाको सहमतिपछि प्रधानमन्त्री ओली अध्यादेश ल्याउने विन्दुमा पुगेका हुन् । देउवासँगको भेटमा प्रधानमन्त्री ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का चार जना सांसद आफ्नो दलमा आउनेगरि अध्यादेश ल्याउन लागेको विश्वास दिलाएका छन् ।

हिजो र आज माधव नेपालको पनि दौडधूप बढिरहेको छ । उनले अध्यादेश रोक्नको लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको साथ खोजेका छन् । राष्ट्रपति पौडेलसमक्ष पनि यसअघि नै प्रचण्ड र माधवले संयुक्त रुपमा भेटेर अध्यादेश ल्याए अघि नबढाउन अनुरोध गरिसकेका छन् । पछिल्लो साता सत्ता गठबन्धनमा समेत खटपट सुरु भएको बताईन्छ । कांग्रेस सभापति देउवाले माघको पहिलो सातासम्म एमालेको साथ छोड्ने कांग्रेसकै कतिपय नेताहरुको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP