आइतबार , जेठ २६, २०८२

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने भएको छ । आज (शुक्रबार) साँझ बस्ने मन्त्रिपरिषद्को बैठकमा दल विभाजनसम्बन्धी अध्यादेश ल्याईने भएको हो । अध्यादेश ल्याउनुअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष परामर्श गरेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाको सहमतिपछि प्रधानमन्त्री ओली अध्यादेश ल्याउने विन्दुमा पुगेका हुन् । देउवासँगको भेटमा प्रधानमन्त्री ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का चार जना सांसद आफ्नो दलमा आउनेगरि अध्यादेश ल्याउन लागेको विश्वास दिलाएका छन् ।

हिजो र आज माधव नेपालको पनि दौडधूप बढिरहेको छ । उनले अध्यादेश रोक्नको लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको साथ खोजेका छन् । राष्ट्रपति पौडेलसमक्ष पनि यसअघि नै प्रचण्ड र माधवले संयुक्त रुपमा भेटेर अध्यादेश ल्याए अघि नबढाउन अनुरोध गरिसकेका छन् । पछिल्लो साता सत्ता गठबन्धनमा समेत खटपट सुरु भएको बताईन्छ । कांग्रेस सभापति देउवाले माघको पहिलो सातासम्म एमालेको साथ छोड्ने कांग्रेसकै कतिपय नेताहरुको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP