मंगलबार , बैसाख २९, २०८३

२०७५ मा बुटवलमा घर भाडामा लिएर ११ औं शाखाको रुपमा मावन सेवा आश्रम सञ्चालन गरिएको थियो । त्यसयता रुपन्देहीमा १ हजार २५० जना भन्दा बढी सहयोगापेक्षी वेसहारा सडक मानवको उद्धार गरिएको पनि उहाँले जानकारी गराउनु भयो । रुपन्देहीमा बुटवल सुख्खानगरमा भाडाको घर र तिलोत्तमाको पश्चिम पहुनीमा रहेको मोक्षधाम सेवा आश्रमको परिसरमा मावन सेवा आश्रमको स्थायी भवन निर्माण गरिएको छ ।

मानव सेवा आश्रमद्वारा मावनता प्रवर्द्धनका साथै आश्रमको निर्माणाधिन भवनलाई पूर्णता दिन र अक्षयकोष बृद्धिको लागि रुपन्देहीको तिलोत्तमामा साताव्यापी महायज्ञ गर्ने तयारी गरिएको छ । यहि माघको ७ देखि १४ गतेसम्म तिलोत्तमाको मणिग्राममा श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ गर्न लागिएको आश्रमले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।
सडक मानवको उद्धार सहित मानवता प्रवर्द्धनमा २०६९ देखि निरन्तर समर्पित मावन सेवा आश्रमले हालसम्म १० हजार ९६८ जना भन्दा बढी सहयोगापेक्षी वेसहारा सडक मानवको उद्धार गरिएको मावन सेवा आश्रमका परिवकल्पनाकार तथा अध्यक्ष रामजी अधिकारीले जानकारी गराउनु भयो । उहाँका अनुसार त्यसको लागि सातवटै प्रदेश समेटिनेगरी २० जिल्लामा २६ वटा सेवाकेन्द्रबाट सेवा कार्य भईरहेको छ ।

२०७५ मा बुटवलमा घर भाडामा लिएर ११ औं शाखाको रुपमा मावन सेवा आश्रम सञ्चालन गरिएको थियो । त्यसयता रुपन्देहीमा १ हजार २५० जना भन्दा बढी सहयोगापेक्षी वेसहारा सडक मानवको उद्धार गरिएको पनि उहाँले जानकारी गराउनु भयो । रुपन्देहीमा बुटवल सुख्खानगरमा भाडाको घर र तिलोत्तमाको पश्चिम पहुनीमा रहेको मोक्षधाम सेवा आश्रमको परिसरमा मावन सेवा आश्रमको स्थायी भवन निर्माण गरिएको छ ।
उक्त भवनमा सेवा सञ्चालन गरिएपनि भवन निर्माणले पूर्णता पाईसकेको छैन भने केही तिनुपर्ने ऋण पनि रहेकोले भवनको पूर्णता, तिर्नुपर्ने तिर्न र अक्षयकोषलाई बृद्धि गर्नको लागि आर्थिक संकलन गर्ने उद्देश्यले यो महायज्ञ गर्न लागिएको मानव सेवा आश्रमकी महासचिव रुपा केसीले बताउनु भयो । उहाँका अनुसार उक्त भवनलाई पूर्णता दिनको लागि र ऋण चुक्ता गर्नको लागि करिव २ करोड रुपैंया लाग्ने अनुमान गरिएको छ ।

यो महायज्ञमा आश्रम निर्माण र अक्षयकोष बृद्धिका लागि ३ करोड योगदान रकम प्राप्त गर्ने अपेक्षा गरिएको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनु भयो । उहाँका अनुसार महायज्ञमा सरदर ३५ लाख रुपैंया खर्च हुने अनुमान गरिएको छ । त्यस्तै मानव सेवा आश्रम केन्द्रको अक्षयकोषमा ६ करोड रुपैंया र रुपन्देहीको अक्षयकोषमा ३५ लाख रुपैंया रहेको पनि उहाँले जानकारी गराउनु भयो ।

त्यसरी आयोजना गरिएको महायज्ञमा भागवत भास्कर कमलनयन गौतमले कथा वाचन गर्नुहुनेछ भने महायज्ञमा प्रत्येक दिन विहान ५ देखि ७ बजेसम्म योग शिविर र ८ देखि १० बजेसम्म मावनता प्रवद्र्धन कार्यक्रम गरिनेछ । त्यस्तै हरेक दिन ११ देखि ४ बजेसम्म कथा बाचन र त्यसपछि आरती, कलाकारहरुबाट भजनकिर्तन तथा नृत्य हुनेछ । त्यस्तै महायज्ञमा लक्ष्यवर्ती, धान्याञ्चल, तुलादान, ग्रहशान्ति, ८४ पुजा, जप, पाठ लगायतका कार्यहरु गरिने महायज्ञका संयोजक लोकनाथ भुसालले बताउनु भयो ।
त्यस अवसरमा तिलोत्तमा नगरपालिका वडा नं. ६ का अध्यक्ष गणेश पाठकले मावनता प्रवर्द्धनसंगै आश्रमको भवनलाई पूर्णता दिनका लागि आयोजना गरिएको महायज्ञमा सबैको साथ र गच्छे अनुसारको दान गरेर सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP