सोमबार , असार १५, २०८३

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा विकास मार्गचित्र–२०८१ सार्वजनिक गरेका छन् । आज (बिहीबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले ऊर्जा विकास मार्गचित्र सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद्ले उक्त मार्गचित्र यसअघि नै स्वीकृत गरिसकेको थियो ।मार्गचित्रमा सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गरिने उल्लेख छ ।

त्यस्तै, आन्तरिक विद्युत प्रसारण र वितरण प्रणालीको क्षमता विकास, विस्तार तथा आधुनिकीकरण, अन्तर्देशीय विद्युत प्रसारण लाइनहरूको वर्तमान अवस्था र दीर्घकालीन आवश्यकता, निर्माणाधीन र उत्पादन उन्मुख जलविद्युत आयोजनाहरू एवं विद्युत प्रसारण लाइनसम्बन्धी आयोजनाहरू विकास गर्न आवश्यक वित्तीय स्रोत, विद्युत व्यापारले देशको आर्थिक र सामाजिक विकासमा पार्ने सकारात्मक प्रभाव, योजनाबद्ध रूपमा जलविद्युत आयोजनाहरू र विद्युत प्रसारण लाइनसम्बन्धी आयोजनाहरू विकास गर्न अवलम्वन गर्नुपर्ने प्रशासनिक, नीतिगत तथा कानूनी सुधार र विद्युतको आन्तरिक खपत वृद्धि गर्ने रणनीतिलाई मार्गचित्रमा समावेश गरिएको छ ।

उर्जामन्त्री खड्काले मार्गचित्रको लक्ष्य प्राप्ति गर्न अप्ठ्यारो नरहेको बताए । बजार सुरक्षित रहेको दाबी गर्दै उनले लगानीको चिन्ता नरहेको बताए । आयोजना प्रभावित क्षेत्रका नागरिकहरुलाई पनि आयोजनाको लगानीमा समावेश गरिने मन्त्री खड्काले बताए । गरिबीको रेखामुनि रहेका नागरिकलाई पनि लगानीका लागि सरकारले निर्व्याजी वा सस्तो व्याजमा ऋण दिने व्यवस्था मिलाइने पनि उनले बताए ।

‘अहिलेको लक्ष्य वैज्ञानिक ढंगले आएको छ । यो सम्भव छ । अब केहीपनि गरेनौं भने त सम्भव नै हुँदैन । अहिले हामीहरुले सरकारसँग पनि छलफल गरेर, अर्थमन्त्रालयसँग खास गरेर छलफल गरेर विभिन्न मोडालिटीहरु हामीले तयार गरेका छौं । यो लक्ष्य प्राप्ति गर्दैगर्दा हामीहरुले प्रभावित क्षेत्रका नागरिकहरुलाई यस क्षेत्रमा समावेश गर्ने उद्देश्यका साथ हामीहरुले यो मार्गचित्र ल्याएका छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP