आइतबार , बैसाख ७, २०८२

पूर्व उपप्रधान एवं गृहमन्त्री डा.भीम रावलले नेकपा (एमाले) का केही नेता तथा कार्यकर्ताहरुले आफूलाई राजावादीको संज्ञा दिएको भन्दै आपत्ति जनाएका छन् । डा.रावलले आफूलाई एमालेका अध्यक्ष केपी शर्मा ओली र उनी निकटहरुले राजावादीको संज्ञा दिएको बताएका छन् । उनले उक्त आरोपलाई हाँस्यास्पद भनेका छन् ।

नेता रावलले एमालेलाई ‘बामाले’ को संज्ञा दिँदै भनेका छन्, ‘विराटनगर र सुनसरीको भ्रमणमा जाँदा देशभक्त युवाहरूले मलाई साथ दिएकोमा बामालेहरूले भीम रावल राजावादी भयो भनी प्रचार गरेछन्। हामी आन्दोलनमा रहेको बेला पञ्चायतको आमा भनी चिनिने डा.तुलसि गिरीसंग गोप्य साँठगाँठ गर्ने, चुनाव जिल झापामा राजेन्द्र लिंगदेनसंग साँठगाँठ गरी एमालेहरूलाई हलोमा मतदान गर्न लगाउने, एमाले कार्यकर्तालाई ख्वाएर राप्रपा, नेपालका सभापतिलाई मकवानपुरमा उम्मेदवार बनाउने, होली वाईन टाउकोमा राख्ने, भ्रष्ट, विचौलिया, कम्युनिष्ट पार्टीले प्रतिक्रयावादी भनेकाहरूसंग पद र सत्ताको लागि घाँटी जोड्ने केपी ओलीका बामालेहरूले देशभक्त युवा युवतिहरूको म प्रतिको समर्थनलाई राजावादी भन्नु हास्यास्पद छ,’– सामाजिक सञ्जालमार्फत उनले भनेका छन् ।

देश र जनताको सर्वोपरी हित, स्वाधीनता र स्वाभिमान चाहने र भ्रष्टाचार, बेथिति र कुशासनका विरुद्ध उभिने सम्पूर्ण देशभक्तहरूलाई एकजुट हुन उनले आह्वान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP