सोमबार , असार १५, २०८३

पूर्व उपप्रधान एवं गृहमन्त्री डा.भीम रावलले नेकपा (एमाले) का केही नेता तथा कार्यकर्ताहरुले आफूलाई राजावादीको संज्ञा दिएको भन्दै आपत्ति जनाएका छन् । डा.रावलले आफूलाई एमालेका अध्यक्ष केपी शर्मा ओली र उनी निकटहरुले राजावादीको संज्ञा दिएको बताएका छन् । उनले उक्त आरोपलाई हाँस्यास्पद भनेका छन् ।

नेता रावलले एमालेलाई ‘बामाले’ को संज्ञा दिँदै भनेका छन्, ‘विराटनगर र सुनसरीको भ्रमणमा जाँदा देशभक्त युवाहरूले मलाई साथ दिएकोमा बामालेहरूले भीम रावल राजावादी भयो भनी प्रचार गरेछन्। हामी आन्दोलनमा रहेको बेला पञ्चायतको आमा भनी चिनिने डा.तुलसि गिरीसंग गोप्य साँठगाँठ गर्ने, चुनाव जिल झापामा राजेन्द्र लिंगदेनसंग साँठगाँठ गरी एमालेहरूलाई हलोमा मतदान गर्न लगाउने, एमाले कार्यकर्तालाई ख्वाएर राप्रपा, नेपालका सभापतिलाई मकवानपुरमा उम्मेदवार बनाउने, होली वाईन टाउकोमा राख्ने, भ्रष्ट, विचौलिया, कम्युनिष्ट पार्टीले प्रतिक्रयावादी भनेकाहरूसंग पद र सत्ताको लागि घाँटी जोड्ने केपी ओलीका बामालेहरूले देशभक्त युवा युवतिहरूको म प्रतिको समर्थनलाई राजावादी भन्नु हास्यास्पद छ,’– सामाजिक सञ्जालमार्फत उनले भनेका छन् ।

देश र जनताको सर्वोपरी हित, स्वाधीनता र स्वाभिमान चाहने र भ्रष्टाचार, बेथिति र कुशासनका विरुद्ध उभिने सम्पूर्ण देशभक्तहरूलाई एकजुट हुन उनले आह्वान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP