सोमबार , असार १५, २०८३

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेसम्म चर्चामा आएका सबै काण्डहरु छानविनमा आउनुपर्ने बताएका छन् । आज (मंगलबार) काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वाइडबडीदेखि ललिता निवाससम्मका काण्डहरु छानविन गर्नुपर्ने बताएका हुन् । महामन्त्री थापाले जनतालाई आश्वस्त पार्नका लागि अख्तियारले नसकेको खण्डमा सर्वशक्तिशाली आयोग बनाएर भएपनि भ्रष्टाचारका काण्डहरु छानविन गर्नुपर्ने बताए ।

‘जनताले सुनेका जतिपनि काण्डहरु छन्, त्यो चाहे वाइडबडी काण्ड होस्, चाहे त्यो ललिता निवास होस्, चाहे त्यो गिरीबन्धुको होस्, चाहे त्यो शिविरको होस्, जतिपनि छन्, लामो लिस्ट बन्छ । त्यो लिस्ट राख्ने, त्यो लिस्ट राखेर जनतालाई आश्वस्त पार्ने, यसभित्र भएको प्रत्येक काण्डको अख्तियारले गर्छ । ठीक छ, हामीलाई विश्वास छ । अख्तियारले गर्न सक्दैन, कुनै सर्वशक्तिशाली आयोग बनाउनुपर्छ, बनाऔं,’– महामन्त्री थापाले भने ।

सर्वशक्तिशाली आयोग बनाइसकेपछि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद जोसुकै र जतिसुकै शक्तिशाली मान्छे दोषी देखिएपनि कारबाही गरिनुपर्ने उनको माग छ । महामन्त्री थापाले प्रधानमन्त्री, मन्त्री भएको मान्छे, वहालवाला वा भूतपूर्व जो भएपनि सार्वजनिक ओहदामा बसेकाहरुले गरेको भ्रष्टाचार नेपाली समाज र राज्यले छोड्दैन भन्ने मानक यही सरकारले स्थापित गर्नुपर्ने बताए ।

‘सार्वजनिक ओहदामा बसेर भ्रष्टाचार गरेका मान्छेहरुलाई नेपाली समाजले छाड्दैन । राज्यले छाड्दैन । भन्ने मानक हामीले स्थापित गर्न सक्यौं भने देश ठीक बाटोमा गयो भन्ने अवस्था बन्छ । हामीले त्यो बनाउने गरी काम गर्ने हो । नेपाली कांग्रेसको आत्म भनेको विधिको शासन हो,’– महामन्त्री थापाले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP