आइतबार , भाद्र १४, २०८३

काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण अदालत प्रवेश गरेको छ । आज (आइतबार) जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई,गोर्खा मिडिया नेटवर्ककै तत्कालीन सञ्चालक छविलाल जोशीलगायत ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।

प्रतिवादीहरु जिबी राई, देवेन्द्र बाबु राई, ईरान लामा, कविता तामाङ, हेमन्त अधिकारी, रबिना रिमाल, दिपक लामा, सविना आले मगर, भक्त वहादुर भोलन, प्रदिप लामा, सविता लामा, गणेश राज श्रेष्ठ, शान्ति कुमारी सुवेदी, रोमन काफ्ले, नविन अछामी, कल्पना कुमारी श्रेष्ठ, गोकुल श्रेष्ठ, श्रीवल्लभ नेपाल, खिमानन्द कँडेल, अनन्त बाबु राई, विशाल तामाङ, भगवती बम्जन, विर बहादुर रानाभाट, शिवप्रसाद पौडेल, देव कुमार तामाङ, पुष्पराज पौडेल, किरण पुडासाईजनक, कृष्ण बहादुर पोखरेल, कल्याण कुमार घिमिरे, भट्टराईमुखिया कान्छा गुरुङ, भुपेन्द्र राई, राजु बराल र असरफ अली सिद्धिकी लाई संगठित अपराधमा मुद्दा चलाइएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने र जोशी अहिले प्रहरी हिरासतमै छन् । कास्की जिल्ला अदालतमा उनीहरुको थुनछेक बहस चलिरहँदा काठमाडौंमा मुद्दा दायर भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP