मंगलबार , बैसाख २९, २०८३

नेकपा (माओवादी केन्द्र) ले पार्टी एकता र बृहत वामपन्थी एकीकरणलाई प्राथामिकता दिने भएको छ । आज (आइतबार) देखि सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत), प्रभु साह नेतृत्वको आम जनता पार्टी, महिन्द्रा राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताको पहल गर्नुपर्ने बताएका हुन् ।

आजको बैठकमा प्रचण्डले प्रतिवेदन पेश गर्दै ब्रिफिङ गरेका थिए । बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘पार्टी एकता र बृहत वामपन्थी एकीकरणको सन्दर्भमा अहिले मोर्चा छ, त्यसलाई सक्रिय गराउने त कुरा भइहाल्यो । त्यसका साथसाथै वैज्ञानिक समाजवादलाई मान्नेहरुसँग एकताको लागि पहल गर्ने । त्यसो हुँदा विप्लव, नेकपा (बहुमत), एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, प्रभु शाहको आम जनता पार्टीसित पनि एकताको लागि पहल गर्ने भन्ने कुरा भएको छ ।’

अध्यक्ष प्रचण्डले अहिले देशैभरी सकारात्मक भाइब पैदा भएको र यथास्थितिबाट अगाडि बढ्नुपर्ने, जनतातिर फर्किनुपर्ने र विभिन्न अभियान चलाउन आवस्य रहेको जानकारी गराएका थिए । प्रचण्डले फागुन १ गतेदेखि १ महिना तराई–मधेश जागरण अभियान र हुलाकी राजमार्गलाई आधारित बनाएर अर्को एक महिने अभियान चलाउन प्रस्ताव गरेका छन् । उनले सो अभियानमा अध्यक्षलगायत सबै पदाधिकारीहरु सहभागी हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP